राजेश र सविना जिस्किन मन लाग्दै नाचे


व्युटी न्युज नेपाल
काठमाडौं, २९ जेठ

राहुल जेट्लीको नामबाट लोकप्रियता कमाएका अभिनेता राजेश श्रेष्ठ र अभिनेत्री सविना कार्की एउटा म्युजिक भिडियोमा जिस्कँदै नाचेका छन् ।

मलाई जिस्कन मन लाग्छ, मलाई मस्किन मन लाग्छ…गीतको भिडियोमा राजेश र सविना जिस्की जिस्की नाचेका हुन् । भिडियोलाई बिन्ध्यवासिनी म्युजिकको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

यस्ताे छ जिस्किन मन लाग्ने भिडियाे ः

बिलक्षण क्रिएसनको प्रस्तुति रहेको गीत पत्रकार डब्बु क्षत्रीको शब्द छ । क्षत्रीको गीतिसँग्रह ‘गुलाबी स्वरहरु…’मा सँग्रहित यो गीतको भिडियो सोमबार सार्वजनिक गरिएको छ ।

यो पप गीतमा दीपक शर्माले संगीत गरेका हुन् । यो गीतमा गायिका सहिमा श्रेष्ठको स्वर रहेको छ ।

यो भिडियोको निर्देशनमा पनि गीतकार क्षत्रीले नै गरेका हुन् । सूर्य महर्जनले खिचेको यो भिडियोलाई मित्रदेब गुरुङले सम्पादन गरेका हुन् ।

भिडियोको पोष्ट प्रोडक्सन पनि बिलक्षणमै गरिएको हो । राजेश श्रेष्ठ (राहुल)ले नै कोरियोग्राफी गरेको यो भिडियोमा राजेश र सविनाले अभिनय गरेका छन् ।