यस्ताे छ चलचित्र चि मुसी चीकाे शिर्ष गीत


व्युटी न्युज नेपाल

काठमाडाैं, २९ जेठ

 चलचित्र ‘चि मुसी चि’को शिर्ष गीत चि मुसी ची… रिलिज गरिएको छ । मंगलवार यूट्युब मार्फत याे गीत रिलीज गरिएको हो ।श्रावण ११ गते रिलीज हुने याे चलिचत्रकाे ची मुसी ची…गीतमा सन्तोष पोखरेलका शब्द र करणराज कार्की संगीत रहेको गीतमा सुजाता पाण्डेको स्वर छ ।

गीतको भिडियोमा नायिका नम्रता सापकोटाले आकर्षक नृत्य गरेका छन् । भिडियोमा प्रमूख कलाकारहरु सुनिल क्षत्री र अलिशा शर्मा साथै अर्का कलाकार शिवराज शर्मा पनि छन् ।  गीतको कोरियोग्राफर विक्रम स्वाँर हुन् । चलचित्रकाे गीतकाे भिडियाेमा सुनिल क्षत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ ।

यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

बासु न्यौपानेले खिचेको याे चलचित्रकाे सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् । म्यूजिकल थ्रिलर जनरामा निर्मित भनिएकाे याे चलचित्रमा सुनिल क्षत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारीसहितका कलाकारहरुको अभिनय छ ।

भिडियाे ः