बिपिनलाई चुनौती दिँदै यसकारण प्रसादमा निश्चल,


व्युटी न्युज नेपाल
काठमाडौं, २५ जेठ

यही १ असारबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्र प्रसादमा अभिनेता एवम् निर्देशक निश्चल बस्नेत नायकको रुपमा अनुबन्धित भएका छन् ।

निःसन्तान दम्पत्तीको कथामा आधारित प्रसादलाई दिनेश राउतले निर्देशन गर्दैछन् । प्रसादमा यसअघि विपिन कार्की र नम्रता श्रेष्ठलाई दम्पत्तीको रुपमा घोषणा गरिएको थियो । पछिल्लो समय एकपछि अर्को गर्दै बिपिनतका तीन ओटा फिल्म असफल भएका छन् । यस्तो बेला बिपिनलाई थप चुनौती बढेको छ । त्यसैले यसमा अर्को एक ससक्त भूमिकाकालागि निश्चल जोडिएका हुन् । निश्चलको अनुबन्धनले सिनेमा अब केही सुरक्षित देखिन्छ ।

निर्देशक राउतले फिल्म र चरित्रका बारेमा भन्ने बित्तिकै आफुलाई चित्त बुझेको निश्चलले बताएका छन् । यसै बिषयमा निश्चलले भने,‘जुन मैले अहिलेसम्म नगरेकै च्यालेन्जिंग रोल यसमा छ । सँगसँगै फिल्मको स्टोरी नै एकदमै राम्रो छ ।’
उनले थपे,‘स्टोरी पनि राम्रो हुनु र क्यारेक्टर पनि दमदार हुने बित्तिकै मलाई खेल्न रुची जागेको हो ।’

निर्देशक राउत इमान्दार भई काम गर्ने राम्रो फिल्ममेकर अाफुलाइर् लाग्ने भएकोले पनि खेल्न विश्वास बढेको निश्चलले बताए,‘यो चलचित्रमा आबद्ध भएर मैले पनि राम्रो गर्न सकें भने मेरो करिअर र प्रसाद दुबैको लागि उपलब्धि हुन्छ की भन्ने देखेर खेल्न राजी भएको हुँ ।’

निर्माता सुवाष थापाले मंगलबार निश्चलसँग सम्झौता गरेका हुन् । निर्देशक राउतले स्क्रिप्ट अनुसार निश्चल नै हुनुपर्ने बताएपछि निश्चल अनुबन्ध भएका हुन् । यसबारे निर्देशकले भने,‘स्क्रिप्टमा त्यो चरित्र निर्माण हुनासाथ मेरो दिमागमा आएको पहिलो कलाकार नै निश्चल थियो’ निर्देशक राउतले थपे, ‘उहाँलाई प्रस्ताव गरेपछि खेल्न राजी हुनुभएको हो ।’
प्रसादलाई सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको प्रसादलाई राजेश श्रेष्ठले खिच्नेछन् । यसमा संगीत सुवाष भुसाल र कोशिष क्षत्रीको रहनेछ ।