भुनियालाई र्याम्प शो कै मोह


व्युटी न्युज नेपाल
काठमाडौं, २३ जेठ

२०६२ सालमा मिस पुर्वाञ्चलको उपाधि जितेपछि हरिशा बानियाँलाई मोडलिङको मोहले तान्यो । सोही वर्ष ग्लामर क्षेत्रमा नै केही गर्छु भनेर उनी राजधानी प्रवेश गरिन् । सोही अनुरुप मोडलिङ सबन्धी व्यवसायिक प्रशिक्षण लिएपछि उनी मोडलिङमा लागेकी हुन् ।

यसै क्रममा उनले नृत्य र अभिनय सम्बन्धि प्रशिक्षण पनि लिईन् । यी दुबै बिधामा आफुलाई पोख्त बनाएपछि यी कलाकारले मोडलिङसँगै अभिनय यात्रा थालेकी हुन् ।

उनले दुइ दर्जन फेशन शो, थुप्रै म्युजिक भिडियो, होडिंग बोर्ड बिज्ञापन, पेपर बिज्ञापनमा आफुलाई मोडलको रुपमा प्रस्तुत गरिसकेकी छिन् । आफुले अहिलेसम्म अभिनय गरेको म्युजिक भिडियो मध्य सताउछ तिम्रो यादले…गीतको भिडियोको भूमिका सबै भन्दा मन परेको यी मोडलको भनाई छ ।

नेपाल कै ठुलो फेशन सप्ताह टिजीआईएफमा पनि क्याटवाक गरिसकेकी उनी धेरै फेशन म्यागेजिहरुमा कभर मोडेलको रुपमा प्रस्तुत भैसकेकी छन् ।

बेली नृत्यमा पोख्त भएकै कारण उनले विदेशमा समेत आफ्नो कला प्रदशन गरिसकेकी छन् । हरिशाले हास्य टेलीसृँखला मेरी बास्सैमा ‘भुनिया’ को भूमिका निर्वाह गरेपछि उनी निकै चर्चामा आईन् ।

सोही कारण भुनिया के दुनिया नामको आफ्नै यु ट्युब च्यानलबाट उनी सक्रिय छिन् । आजकाल हरिशालाई मोडल भन्दा भुनिया कलाकारको रुपमा धेरैले चिन्ने गरिन्छ । भर्खरै मात्र विदेशको कार्यक्रम सकेर फर्केकी हरिशा अब भुनियाको दुनिया मार्फत दर्शकमाझ निरन्तर आउने बताउँछिन् । तर पनि हरिशालाई कलाकारिता भन्दा मोडलिङमा नै मोह रहेको छ । उनी र्याम्प शो भने पछि भुतुक्कै हुने गर्छिन् ।

प्रस्तुती एव स्टाइलिश–जयन सुब्बा मानन्धर
मोडेल–हरिशा बानिया
मोडेल स्रोत–दि रेम्प, अनामनगर
मेकअप एव हेयर–सिर्जना कार्की
तस्बिर–कमल श्रेष्ठ