काठमाडौंमा मेन अफ दी वल्र्ड नेपालको खोजी


व्युटी न्युज नेपाल
काठमाडौं, २६ वैशाख

‘मेन आफ दी वल्र्ड नेपाल २०१८’ को लागि प्रतियोगीको आह्वान गरिएको छ ।  मंगलवार राजधानीमा पत्रकार भेटघाट गर्दै आयोजकले यो पुरुष सौन्दर्य प्रतियोगिताको आह्वान गरेको हो । जुम इन इभेन्टले आयोजनागर्न लागेको यो प्रतियोगिता फिल्पिन्सको फ्रेन्चाइज हो ।

यो प्रतियोगिताको लागि बुटवल, बिराटनगर, धरान र चितवनमा अडिसन सम्पन्न भइसकेको छ । काठमाडौँमा आगामी ३० र ३१ वैशाखमा अडिसन हुँदैछ । म्यान अफ द वल्र्ड–२०१८ मा भाग लिन चाहनेहरुले अडिसन दिनसक्ने आयोजक पक्षले जनाएको छ । म्यान अफ द वल्र्ड २०१८को फाइनल २०७५ असारको पहिलो हप्ता होटल अन्नपूर्णमा स्थित सम्पन्न हुने छ ।

प्रतियोगिताको बिजेताले एक लाख रुपैयाँ साथै फिलिपिन्सबाट लाइसेन्स, अन्तर्राष्ट्रिय टुरको प्याकेजका र नेपालबाट अन्य देशहरुमा भाग लिन पाउने छन् । फस्ट रनरअपले २५ हजार रुपैयाँ, सेकेन्ड रनरअपले १५ हजार पाउने छन् ।

पत्रकार भेटघाटका क्रममा गायक अनिल सिंह, सञ्चारकर्मी जीपी तिमिल्सिना, प्रतियोगिताको प्रबन्ध निर्देशक रुथ मास्के, कोरियोग्राफर आशिक ताम्राकार, मेन अफ दि वल्र्ड २०१७ का विजेता डा. श्रीराम चन्दलगायतले प्रतियोगिताका बारे जानकारी गराए ।