द भ्वाईसले सक्यो डिजिटल अडिसन, अब ब्लाईन्ड अडिसन


व्युटी न्युज नेपाल
काठमाडौं, २३ बैशाख

गायन सम्बन्धि रियालिटी सो ‘द भ्वाईस’को नेपालमा डिजिटल अडिसन सकिएको छ । कार्यक्रमको स्थानीय आयोजक एएनसि इभेन्ट म्यानेजमेन्टले शुक्तबार इटहरीमा पत्रकार सम्मेलन गरेर अडिसन सकिएको जानकारी दिएको हो ।

कार्यक्रमलाई नेपाल आईडल सिजन एकका निर्देशक लक्ष्मण पौडेलले निर्देशन गर्ने छन् । यस्तै नेपाल आईडलमा नै रियालिटी पोड्युसर रहेका फिरोज तिम्सिनाले मुख्य सहायक निर्देशन तथा आईटि हेडको जिम्मेवारी बहन गर्ने र शुशिल नेपालले प्रस्तोताको भुमिका निर्वाह गर्ने जनाईएको छ ।

बिश्वका एक सय ९१ राष्ट्रमा सफल प्रसारण भईरहेको यो गायन गायन रियालिटी शोको बारे पत्रकार सम्मेलनमा अव ब्लाईन्ड अडिसन हुने जानकारी गराईयो । त्यो अडिसनमा समावेश हुन सफल प्रतिष्पधीहरुको जीवनीका बारेमा श्रब्य दृष्य सामाग्री निर्माण गरिनुका साथै प्रत्यक्ष भेटेर आवाज सुन्न एउटा टोली पूर्व दौडाहामा रहेको पनि कार्यक्रममा बताईयो ।

ब्लाईन्ड अडिसनमा सहभागी हुन सफल प्रतिष्पर्धीलाई जज यस प्रतियोगितामा कोच(प्रशिक्षक) भनिएको छ । कोचले प्रत्यक्ष सुन्न र आफ्नै समुहमा समावेश गर्न प्रयास गर्ने बताईएको छ ।

कार्यक्रममा कोचहरुमा अग्रज गायक दिप श्रेष्ठ, यसैगरी प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहनुहुनेछ। कार्यक्रम ब्लाईन्ड राउण्ड, ब्याटल राउण्ड र लाईभ सो गरेर तीन चरणमा समावेश हुने अनि अन्तिम चारजना प्रतिष्पर्धीबाट एकजना भ्वाईस अफ नेपाल घोषणा गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा बिजेता हुनेले नगद २५लाख रुपैँया एउटा कार र २० लाख बराबरको एल्वम कन्टय्राक्ट एवं वल्र्ड टुर गराईने र सम्पुर्ण खर्च १२करोड खर्च लाग्ने पत्रकार भेटघाटका क्रममा आयोजक पक्षले जनाएको छ ।

कार्यक्रममा मुख्य क्यामेरामेनको रुपमा शिवराम श्रेष्ठ, सम्पादन प्रमुखको रुपमा सोहन मानन्धरले पनि काम गर्ने भएका छन् । यसैगरी कार्यक्रम निर्माण र अवलोकनका लागि नेदरलेण्डबाट एउटा टोली र प्रविधि सहयोगकालागि भारतबाट अनुभवी टोली आउने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।