जारा र एच एन्ड एम ब्रान्डका ड्रेस मन पर्छ–गायिका केञ्जुमा सुब्बा


मेरो रोजाई

काठमाडौं, २१ बैशाख

२०७० सालमा सार्वधिक चर्चामा रहेको लोकपप गीत सिरफुल सिरैमा…बाट गायन विभिन्न अवार्ड जित्दै शिखर चुम्ने सफल गायिका हुन् केञ्जुमा सुब्बा । उनले त्यस अघि नै २०६५ मा पहिलो पपगीतिसँग्रह ‘वान डे’ बजारमा ल्याएकी थिईन् । हालसम्म ५० भन्दा बढी गीतमा स्वर दिईसकेकी केञ्जुमाले २०७४ सालमा गायक प्रेमध्वज प्रधानसँग सँयुक्त रुपमा गाएको ‘ती आँखामा को छ भनन्…’गीत गतवर्ष धेरै ओटा म्युजिक अवार्डमा मनोनयनमा पर्यो । यसै वर्ष ‘गुलावी स्वरहरु’ गीतिसँग्रहको बेबी आई लभ यु…गीतबाट यतीबेला चर्चामा रहेकी गायिका केञ्जुमा सुब्बा फेशन र सौन्दर्यप्रति पनि त्यत्तिकै सजग छिन् । आफ्ना केही म्युजिक भिडियोमा मोडलिङसमेत गरिसकेकी यिनै सुमधुर स्वरकी धनी गायिका केञ्जुमा सुब्बासँग फेशन र कस्मेटिकबारे व्युटी न्युज नेपालले नजिकबाट गरेको कुराकानी ः

मन पर्ने कपडाको रङ ?
– बेबी पिंक र ब्ल्याक
मन पर्ने ड्रेसको ब्राण्ड ?
– जारा र एच एन्ड एम
मन पर्ने ड्रेस ?
– वान पिस
मन पर्ने क्याजुअल ड्रेस ?
– जिन्स पाईन्ट र टी सर्ट
मन पर्ने औपचारिक ड्रेस ?
– सारी र ब्लाउज
मन पर्ने टुथ पेस्ट ?
– कोलगेट
मन पर्ने नुहाउने सावुन ?
– डोभ
मन पर्ने सेम्पु ?
– ट्रेसेमी
मन पर्ने मोस्चराईजर क्रिम ?
– कुनै रोजाई छैन ।
मन पर्ने हेयर वाईल ?
– लगाउँदिन ।
मन पर्ने लिपिस्टिक ?
– म्याक
मन पर्ने मेकअप फाउन्डेसन ?
– बिबी
मन पर्ने पाउडर ?
बिबी
मन पर्ने सन्स क्रिम ?
– बिबी
मन पर्ने गाजल ?
– बिबी
मन पर्ने नेल पलिस ?
– जुन भए पनि गुणस्तरीय हुनु पर्यो