जयनसुब्बा मानन्धर, ब्युटी न्युज नेपाल

काठमाडौँ, ६ बैशाख

अहिलेको समयमा  निकै नै चर्चाको शिखरमा रहेका संधै क्याजवेल ड्रेसमा कम्फर्ट महसुस गर्ने,  हजामकोमा गएर कपाल काट्ने, कहिले पार्लर नजाने कालीप्रसाद बास्कोटा हिजो आज आफ्नो हेयर स्टाइल, हेयर कटिंगलाई लिएर कन्सस भएका छन् ।

उनमा परिवर्तन “नेपाल आइडल”को जज बनेपछि आएको हो । बिगत र अहिलेका काली प्रसादको  व्यक्तित्वमा आकाश जमिनको फरक आइसकेको छ ,जीवन शैली नै बदलिएको छ । ड्रेस अफ सेन्स, हेयर कटिंग, हेयर स्टाइलका साथै उनले थ्रिडिङ्ग पनि गर्न थालेका छन् ।

पहिलो पटकथ्रिडिङ्ग गर्ने क्रममा काली प्रसाद बास्कोटा लेशेश मेकअप स्टुडियोमा भेटिए । “त्यस्तो राम्रो आई ब्रो हुँदा हुँदै किन थ्रेडिंग किन गर्नु भएको भन्ने मेरो प्रश्नमा उनको जवाफ थियो “अब हुने नेपाल आइडल सिजन २ को लागि  अझ आकर्षक देखिन ।”