काठमाडौ, १३ चैत

आगामी १८ जेठबाट प्रदर्शनमा आउने चलचित्र ‘भैरे’ को दोस्रो गीत मंगलबार राजधानीमा एक समारोहबी सार्वजनिक गरिएको छ । यही गीतका गायक यम बराल संगीतकारको रुपमा नेपाली चलचित्रमा आएका छन् । अमेरिकामै बस्दा एक बिहान यो गीतको लय फुरेकाले गीत बनाएर चलचित्र भैरेमा राखेको यम बरालले यो गीतको भिडियो रिलिज कार्यक्रममा बताए ।

गायनमा लागेका तीन दशक पछि आफु चलचित्र संगीतकार यही गीतबाट भएकोमा यमले खुसी व्यक्त गरे । अब गायनसँगै चलचित्र संगीत सृजनालाई निरन्तता दिने उनले बताए ।

यम बरालको स्वर र संगीत तथा यो चलचित्रका निर्देशक एभरेष्ट सूर्य बोहराको शब्द रहेको गीत सनम माया लाको..को भिडियोमा दयाहाङ राई र सुरक्षा पन्तले नृत्य गरेका छन् । गीतमा यमलाई नारी स्वरमा अन्जु पन्तले साथ दिएका छन् । बसन्त श्रेष्ठको नृत्य निर्देशन र पुरुषोत्तम प्रधानको छायाँकनमा तयार यो गीतको भिडियोमा हिमाल, पहाड र तराईको विविध पहिरनमा दयाहाङ, सुरक्षा तथा नृत्य कलाकारलाई उतारिएको छ ।

 

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङले सन्चो नभएको अवस्थामा पनि भैरेमा काम गरेको स्मरण गरे । उनले भने,‘मलाई नाच्न भनेपछि ज्वरो आउँछ । तर यस गीतमा म आफैं देखिनु पर्ने भएका कारण आफ्नो तर्फबाट गर्न सक्ने प्रयास गरेको छु ।’ दयाहाङले यो गीतको भिडियोमा बिगतको गीतहरुको भिडियो भन्दा निकै राम्रो नाचेका छन् । नृत्यमा उनलाई सुखाएको छ ।

यस्तै, अभिनेत्री सुरक्षाले यो गीतको भिडियोमा दयाहाङभन्दा आफूले धेरै टेक खाएको अनुभव सुनाउँदै भनिन,‘दया दाईसँग नाच्न पाउँदा म फुरुङ्ग थिएँ, यसैले पनि हुनुसक्छ नाच्दा म नभर्स पनि भएँ । तर मैले पनि नृत्यमा ठुलो माछो भने मारेकी छैन, ठिकठाकै नाचेकी छु ।’

उनीले अगाडि थपिन्,‘दया दाईलाई नाच्न आउँदैन भन्ने कुरा सबै गलत हो । मलाई बरु नाच्न गाह्रो भयो तर दयादाईले राम्रो नाच्नु भयो ।’ नृत्यमा दयाहाङ परफेक्ट भएको दाबी सुरक्षाले गरिन् ।

 

एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । यो चलचित्रमा यम बराल, करुणाकर घिमिरे, सविता गुरुङ र कुमार बस्नेत सह–निर्मातामा रुपमा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता हुन् । सूर्य थोकरको द्वन्द्व रहेको यस चलचित्रको सम्पादन बनिष शाहले गरिरहेका छन् ।

भैरेमा दयाहाङ, सुरक्षासँगै विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, जान्ह्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

 

भिडियो: