डान्स च्याम्पियनका सुसान्त खात्री नेपाली म्युजिक भिडियोमा


काठमाडौं, १० चैत

भारतीय टेलिभिजन च्यानलमा नृत्य गरेर विश्वव्यापी चर्चा कमाएका नेपाली नृत्य कलाकार सुशान्त खत्रीले नेपाली म्युजिक भिडियोमा अभिनय गरेका छन् । केहि समय अगाडी भारतीय डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडी नृत्य गरेर उनीहरुको मन जितेका उनी हालै पारिवारिक भेटघाटका लागि नेपाल आइपुगेका थिए ।

 

नेपाल बसाईको क्रममा सुशान्तले शान थापाको निर्देशनमा नयाँ गीत यो मुटु दुख्छ किन…को भिडियोमा नृत्य गरेका हुन् । जीवनकै पहिलो म्युजिक भिडियोमा आफुले काम गरेको शुसान्तले बताएका छन् । गीतमा उनि एक्लै कलाकारका रुपमा प्रस्तुत भएका छन् ।

यो गीतलाई राजेश पायल राइले गाएका छन् । जसमा दर्पण राईको शब्द र संगीत रहेको छ । दर्पणले शब्दमा कोरेको मायाको भावलाई सुशान्तले आफ्नो डान्सीङ मुभ मार्फत व्यक्त गरेका छन् ।

Song Link –

https://www.youtube.com/watch?v=R8veIDvSNdw&feature=youtu.be

गीतको कोरियोग्राफ राजिव समरसंग मिलेर सुशान्तले नै गरेका हुन । यसमा अनिल के मानन्धरको छायाँकन, विजय बस्यालको ग्राफिक्स, सुप्रिम पराजुलीको सम्पादन रहेको यो भिडियोलाई एमएमएस इन्टरटेन्मेन्टले युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।