लम्फूको दोश्रो गीतको भिडियो मरिश्का किन दोधारमा ?


काठमाडौ, ६ चैत

आगामी २८ बैशाखबाट प्रदर्शनमा आउने भनिएको नेपाली चलचित्र ‘लम्फू’ले आफ्नो क्रियाकलाप बढाएको छ । यसै क्रममा निर्माण पक्षले यो चलचित्रको दोश्रो गीत दोधारमा परेँ म…को भिडियो युट्युव मार्फत रिलीज गरेको छ ।

यो गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा नरेश भट्टराईका शब्द रहेका छन् । लम्फूको यस गीतमा अभिनेत्री मरिश्का पोखरेल र नव अभिनेता कबिर खड्का प्रस्तुत भएका छन् ।
गीतले एक युवतीले आफ्नो बैवाहिक जीवनलाई कस्तो बनाउने र कोसँग बिवाह गर्ने भन्ने बारेमा साथीहरुसँगको मनोभाव व्यक्त गरेको छ । यो गीतका कोरियोग्राफर शिव विक हुन् । यो चलचित्रलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।
यस्तै ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् । जसलाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

भिडियो: