यो समरको लागि नयाँ स्टाइलको फेशन ट्रेन्ड


– जयन सुब्बा मानन्धर

आफुलाई समयसँगै एक कदम अगाडि राख्नको लागि फेशन वल्र्डको ट्रेण्ड थाहा पाउनका साथै सुपर स्टाईलिश देखिनको लागि ट्रेण्डी आउट फिटको आवयक हुन्छ । स्टाइलिस देखिनको लागि नयाँ ट्रेण्ड फेशन वल्र्डमा अहिले कुन आउटफिट एवँ एक्सेसरिज लोकप्रिय रहेको छ । त्यसबारे यहाँहरुलाई केही जानकारी प्रस्तुत गरिएको छ –

 

प्रिन्ट मेनिया –

 

बेसिक ब्लु ,ब्लेक जिन्सको साटो अहिले रातो, गुलाबी, बैजनी, पहँलो जस्ता गाढा एवम् चम्किलो रङको जिन्स प्रयोगमा आएको यो । यी रङ अहिले रुचाईको र रोजिएको रङमा परेको छ । यसका साथै प्रिन्टेड जिन्स पनि अहिले धेरै नै लोकप्रिय भएको छ । फ्लोरेल, ग्राफिक, डिजिटल, मोनोग्राम्स, चेक्स, स्ट्राइप आदि प्रिन्ट्स अहिले चलेको फेशन ट्रेण्ड हो ।

 

 

एलबिडी (सानो ब्लेक ड्रेस) पिनाफोर –

 

एलबिडी जस्तै पिनाफोर ड्रेस अहिले लोकप्रिय बनेको छ । हेर्दा स्कुलको ड्रेस जस्तो देखिने पिनाफोर ड्रेसको प्रयोगले गर्ली लुक पाउन सकिन्छ । पिनाफोर लोकप्रिय हुनुमा यसको विविधतालाई लिन सकिन्छ । पिनाफोर (स्लिभलेश ड्रेस )सँग भित्र एवम् बाहिर दुवैमा टिशर्ट एवम् टप्सको प्रयोग गर्न सकिन्छ । समरमा पिनाफोर ड्रेस एलबिडीको एउटा राम्रो विकल्प हो । एम्पायर कटको साथै डिजाइनर्सहरुले पिनाफोर ड्रेसलाई स्ट्रेट, ए लाइन या जेपर स्टाइलमा पनि तयार गरिरहेको छ । जसको प्रयोगले गर्ली, स्पोर्टी देखि रेट्रो लुक्स दिने हुन्छ । यो ड्रेससँग स्मार्ट स्लिङ बेग ट्रेण्डी टाई अप फुटवेयर तथा क्युट हेयर एक्सेसरिज प्रयोग गर्न सकिन्छ ।

 

बिग व्याग ट्रेण्ड –

 

ठुलो बेग अहिलेको हट ट्रेण्ड हो । बिग व्यागमा बिग, ब्राइट, बोल्ड फर्मुला अहिले हिटमा रहेको छ । ट्रेण्डी देखिन चाहनेहरुले आफ्नो कलेक्सनमा ब्राइट कलर्सको कुनै ट्रेण्डी व्यागहरु राख्ने, एक रङको (सादा) ड्रेस प्रयोग गर्न चाहानेहरुले बेसिक जिन्ससँग टि शर्ट या शर्ट प्रयोग गर्दा राम्रो हुन्छ । यस्तो पहिरनसँग अझ गाढा र चहकिलो रङको ठुलो व्यागलाई टाई अप गर्दा ‘सेन्ट्रल अफ अट्रयाकसन’ बनाउन सक्छ ।

यस्तै ट्रेडीसनल ग्लेमर स्ट्रेडीसनल साडीसँग डिजाइन चोली, एसमीट्रीक कुर्तासँग पटियाला सुरुवाल, शर्ट अनारकली सँग फ्लेयर्ड पेन्ट, शेरवानी पनि अहिले धेरै नै लोकप्रिय रहेको छ ।

 

ट्राइबल जोन –

 

एनिमल प्रिन्टको आउटफिट एवम् ज्वेलरी, व्याग, सुज अहिले एकदमै पपुलर रहेको छ । पार्टी बीच वेयर, आउटिङ आदिमा ट्राइबल प्रिन्टवाला स्टाइलिस ड्रेस प्रयोग गर्न सकिन्छ । त्यसमा साधारण ज्वेलरीको साटो स्क्वायर शेप, बेन्गल्स, युनिक नेकपीस आदिको प्रयोग उपयुक्त मानिन्छ । यस्तो पहिरनले अझ आकर्षक लुक पाउन सकिन्छ । गाढा रङको स्मार्ट टेक्स्चर्ड ड्रेसेस समर पार्टीको लागि पर्फेक्ट मानिन्छ । रोयल एवम् एलिगेंट लुकको लागि भेल्भेट आउटफिट उत्कृष्ट रोजाई मानिन्छ ।

 

शेड हट –

 

 

सेतो, गाढा काला, गादा निलो, गुलाबी (टिटेड), पँहेलो, सुन्तला रङको, बैजनी, रातो, टरक्वाइज, गाढा सुनौलो, कलेजी आदि यो मौसमको लोकप्रिय रङ हुन् ।

 

मोडल–महिमा सिलवाल

मेकअप एन्ड हेयर– सिर्जना कार्की

तस्बिर–कमल श्रेष्ठ