‘चौका दाउ’ बनाउँदै शम्भुजीत, निर्देशकमा पूर्णेन्दु झा


 

काठमाडौं, ३० फागुन

बरिष्ठ संगीतकार एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा चलचित्र निर्माणमा आउने भएका छन् ।

बासकोटाले नयाँ चलचित्र ‘चौका दाउ’ निर्माण गर्ने भएका छन् । यो चलचित्रको निर्देशकमा पूर्णेन्दु झा ‘चन्दु’ लाई चयन गरिएको छ । कलेज अफ फिल्म स्टडिज (अस्कर कलेज)बाट एक दशक अघि चलचित्र निर्देशनमा ग्राजुएट गरेका पूर्णेन्दुले यस अघि चलचित्र संरक्षण निर्देशन गरेका थिए ।

 

 

चलचित्रको छायांकन चैतको अन्तिम साताबाट हुने भएको छ । चलचित्रमा बरिष्ठ संगीतकार बासकोटाकै संगीत हुनेछ । फिल्मको कथा पनि बासकोटाकै हो ।

यस अघि अशोक शर्माले निर्माण गरेका धेरै जसो चलचित्रका कथाकार पनि बासकोटा नै हुन् । आठ ओटा चलचित्रको कथा लेखिसकेका बरिष्ठ संगीतकार बासकोटाले यस पटक आफैंले लेखेको कथामा चलचित्र चौका दाउ निर्माण गर्न लागेका हुन् । अब आफुले चलचित्र निर्माणलाई निरन्तरता दिने उनले बताएका छन् ।

चलचित्रको निर्माण तयारी अन्तिम चरणमा पुगेका निर्माता बासकोटाले बताएका छन् । करिब सबा एक करोडाको बजेटमा तयार हुने यो फिल्मको कलाकार चयन भईरहेको छ ।

यो चलचित्रको १ चैत, बिहिबार दिउँसो ३ बजे काठमाडौंको नारायणचौर नक्साल स्थित ‘तवेल क्याफे’मा एक समारोहबीच घोषणा गरिँदैछ । चलचित्रका कलाकार, प्राविधिक र बाँकी निर्माता सहितको टिमको घोषणा पनि सोही कार्यक्रममा गरिने भएको छ । चलचित्र पूर्ण हस्यप्रधान हुनेछ ।