लिपिस्टिक यसरी चयन र प्रयोग गरौं


– सुमित्रा रञ्जित

ओठलाई सुन्दर बनाउने माध्यम लिपिस्टिक पनि हो । बजारमा विभिन्न रङमा लिपिस्टिक पाईन्छ । यसको गुणस्तर अनुसारको मूल्य तोकिएको हुन्छ । लिपिस्टिक सक्कली ब्राण्डको मात्र प्रयोग गर्नु राम्रो हो । तथापि सबै रङका लिपिस्टिकहरु सबैलाई सुहाउँदैन । यस्ता लिपिस्टिक पनि विभिन्न समारोह अनुसार फरक फरक रङको प्रयोग गर्नु नै बुद्धिमानी हो । आफुले कस्तो रङको कपडा लगाएको छ, सोही अनुसारको लिपिस्टिक चयन गर्नु पर्छ । कपडा अनुसारको सेट मिलाएर आजकाल लिपिस्टिक लगाउने गरिन्छ । लिपिस्टिकको प्रयोग समारोह अनुसार कसरी र कस्तोसँग गर्ने भन्ने बारे यहाँ प्रस्तुत गरिएको छ –

निर्माणको हिसाबले लिपिस्टिकको प्रकार

 

– पेन्सिल लिपिस्टिक ः यस्तो प्रकारको स्टिक तास्नु पर्ने पेनसिलमा र अर्को तास्नु नपर्ने अटो पेनसिलमा आउँछ । यो लिपिस्टिक अरुको तुलनामा सुख्खा हुन्छ । यो पनि विभिन्न रङमा पाईन्छ । यो लिपिस्टिक अरु लिपिस्टिकको तुलनामा लामो समयसम्म टिक्छ ।

– स्टिक लिपिस्टिक ः यो पारम्पालिक शैलीको लिपिस्टिक हो । स्टिकमा हुने भएकाले यसलाई सोझै ओठमा लगाउने गरिन्छ । यो पनि विभिन्न रङमा पाईन्छ ।

– प्यालेट वाला लिपिस्टिक ः यस्तो प्रकारको लिपिस्टिक मेकअपको किट बक्समा जस्तै प्यालेट बक्समा किन्न पाईन्छ । यसमा एउटै बक्सको विभिन्न खन्ड्मा फरक फरक रङको लिपिस्टिक हुन्छ । यसलाई ब्रसको सहायताले लगाउने गरिन्छ ।

 

– लिक्विड वाला (झोलयुक्त) लिपिस्टिक ः यस्तो लिपिस्टिक सिसा तथा प्लास्टिकको बोलतमा पाईन्छ । यसलाई ब्रस स्टिकले ओठमा लगाईन्छ । यो पनि विभिन्न रङमा पाईन्छ ।

कार्यक्रम र अबसर अनुसार लिपिस्टिक चयन

– विवाह लगायतको पार्टीमा जाँदा प्राय गाढा रङको टल्कने लिपिस्टिक प्रयोग गर्नु राम्रो हुन्छ । यस्तो पार्टीमा आफ्नो पहिरन सुहाउँदो लिपिस्टिक प्रयोग गर्नु राम्रो हो । तथापि यस्तो पार्टीमा ग्लस युक्त, गाढा रातो, गाढा गुलाबी, कलेजी, हलुका बैजनी रङको लिपिस्टिक लगाउने । यस्तो ग्लस युक्त लिपिस्टिकले ओठमा साईनिङ दिन्छ । यस्तो लिपिस्टिकले ओठलाई अझ रसिलो र आकर्षक देखाउँछ ।

 

– सामान्यतया कसैसँग औपचारिक भेटघाट तथा अफिसियल कार्यकालागि ओठ सुहाउँदो केही फिक्का रङको लिपिस्टिक प्रयोग गर्ने । अझ ओठको रङ अर्थात छाला रङको लिपिस्टिक यस्तो बेलामा प्रयोग गर्नु राम्रो हो । फिक्का लिपिस्टिकले व्यक्तिको व्यक्तित्व पनि बढाउँछ ।

– टिन एजर्सले डान्सिङ पार्टीमा जाँदा साईनिङ डस्ट मिस्सिएको फेन्सी ग्लस लिपिस्टिक लगाउँदा राम्रो हुन्छ । डान्स पार्टीमा प्रयोग हुने विभिन्न लाईटले ओठको लिपिस्टिकमा रहेको साईनिङ डस्ट टल्कने हुँद ओठमा अझ सुन्दरता थपिन्छ ।

– यस्तै घुमफिरमा जाँदा चिल्लो तथा ग्लस नभएको सुख्खा (पेन्सिल) लिपिस्टिक लगाएर जानु राम्रो । किनकी घुमफिरका क्रममा दुषित वातावरणले गर्दा यस्तो सुख्खा लिपिस्टिकमा धुलो टास्सिने तथा पसिनाले लिपिस्टिक पुछिने समस्या कम हुन्छ ।