यसरी कपाललाई स्वास्थ्य बनाउन सकिन्छ



– अनिता खड्का रायमाझी

– कलंकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, कलंकी

शारीरिक आकर्षणमा कपालको पनि त्यत्तिकै महत्व हुन्छ । सुन्दर कपालले मुहार र टाउकोसँगै सम्बन्धित व्यक्तिको व्यक्तित्व नै सुन्दर देखाउँछ । त्यसैले स्वास्थ्य र सुन्दर रहन शरीरका विभिन्न अँगसँगै कपालको सुन्दरतामा पनि त्यत्तिकै ध्यान दिन आबस्यक छ ।

के हो कपाल ?

मानिसको टाउकोमा रहने रौंलाई हामी कपाल भनेर बुझ्ने गर्दछौं । उमेर अनुसार कपालको रँग र स्वरुप परिवर्तन हुँदै जान्छ । क्यारेटिन भन्ने तत्वले कपाल बनेको हुन्छ । त्यसैले आजकाल कपाललाई स्वास्थ्य र सुन्दर तुल्याउन क्यारेटिन उपचारको प्रचलन पनि आएको छ । कपालको अध्ययन गर्ने विज्ञानलाई ‘ट्रिचोलोजी’ भनिन्छ । उपचारको हिसाबले कपाललाई भित्री र बाहिरी गरी दुई भागमा विभाजन गरिएको छ ।

क. भित्री कपाल (कपालको जरा भित्रको भाग । आँखाले देख्न नसिने कपाल )

कपालको जरा भन्दा भित्री भागलाई ( Hair bulb ) भित्री कपाल भनिन्छ । यसमा कपाललाई आबस्यक पोषण तत्व सञ्चय हुन्छ । त्यसैले कपालसँगै कपालको जरा (भित्री कपाल) लाई पनि बलियो बनाउन आबस्यक छ । यसका लागि विभिन्न उपचार प्रकृयाहरु छन् ।

ख. बाहिरी कपाल (जरा भन्दा बाहिरी भाग । आँखाले देख्न सकिन कपाल)

जरा भन्दा माथिको कपाल बाहिरी कपाल हो । यसलाई आँखाले प्रत्यक्ष देख्न सकिन्छ । जसमध्य बाहिरी कपाललाई प्रत्यक्ष स्याहार आबस्यक छ । कपाललाई मोलायम र स्वास्थ्य तुल्याउन अपनाउनु पर्ने विभिन्न उपायहरु छन् । ती उपाय निम्न प्रकारका छन् –
– वाईल मसाज
– स्पा ट्रिट्मेन्ट
– फ्रुट मसाज
– हेयर ट्रिमिङ
– कन्डिस्नटर ट्रिट्मेन्ट

यसरी कपाललाई हप्ता कम्तीमा एक पटक यी मध्य आबस्यक ट्रिट्मेन्ट गरेर स्वास्थ्य र मोलायम राख्न सकिन्छ । कपाललाई ट्रिटमेन्ट गर्नु अघि आफ्नो कपाल कुन प्रकारको हो भनेर बुझ्न अबस्यक छ ।

बनौटको हिसाबले कपाल निम्न प्रकारका हुन्छन् –
– साधारण (normal) कपाल
– तैलिय (oily ) कपाल
– सुख्खा (dry) कपाल
– संयुक्त (combination) कपाल

 

कपालमा कन्डिस्नरको प्रयोग
यी कुनै पनि प्रकारका कपाललाई मोलायम र स्वास्थ्य बनाउन सम्बन्धित ट्रिटमेन्ट गरिसकेपछि कपालमा कन्डिस्नर लगाएर धुन आबस्यक छ । कपालमा कन्डिस्नर लगाएपछि केही मिनट त्यत्तिकै छाड्ने । अनि कपाललाई सफा पानीले राम्ररी धुने ।

कपालमा कन्डिस्नर नलगाउँदा यसमा पोषणतत्वको बृद्धि विकाश रोकिन्छ । जसका कारण कपाल सुख्खा हुने, हाँगा फाट्ने, कडा हुने र रुखो हुने गर्दछ । त्यसैले कपाललाई स्वास्थ्य र मोलायम बनाउन कन्डिस्नरको प्रयोग आबस्यक छ ।