कलंकी व्युटीपार्लरद्वारा माया घरलाई सहयोग


काठमाडौं, २४ फागुन

काठमाडौंको कलंकीमा रहेको कलंकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष अनिता खड्का रायमाझीले किर्तिपुर स्थित अनाथ बाल आश्रम ‘माया घर’लाई आर्थिक सहयोग प्रदान गरेकी छिन् ।

आफ्नो छोरा अनमेस रायमाझीको ब्रतबन्धको अबसरमा उनले सो माया घरलाई विभिन्न खाद्यान्न सामग्री र आर्थिक सहयोग प्रदान गरेकी हुन् ।

सो संस्थाकी अध्यक्ष दुर्गा पौडेल र उपाध्यक्ष सोनी कारञ्जितलाई अनिताले सो सहयोग संयुक्त हस्तान्तरण गरेकी हुन् ।
महिला तथा बाल विकास मञ्च नेपालद्वारा सञ्चालित सो माया घरमा २६ जना बालबालिका आश्रित छन् । घर परिवारमा शुभ कार्यको अबसर परेकाले त्यसको केही खर्च कटौती गरेर माया घरमा आश्रित बालबालिकाको लागि प्रदान गरेको अनिताले बताईन् ।

 

बिगत आठ वर्ष देखि माया घर सञ्चाल गर्दै आएकी दुर्गाले यस्ता शुभकार्यमा मायाँ घरलाई सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन् ।