जयन सुब्बा ‘मानन्धर’
काठमाडौं, २३ फागुन


‘कस्तो सुहाएको बारुली कम्मर ! जे कपडा लगाए पनि, जे फेशन गरेपनि कस्तो राम्रंो सुहाउने !’

अहिलेका युवा युवतीहरु आफ्नो लागि यस्तै प्रतिक्रिया सुन्न आतुर हुन्छन् । अरुको अगाडि आफ्नो छाँटिएको कम्मर मर्काउँदै फेशननेबल पहिरनमा ठाटिएर हिड्न रुचाउँछन् । शारीरिक बनावट राम्रो छ भने जस्तो फेशन गरेपनि सुहाउँछ । तर सबैको शारीरिक बनावट छरितो एवँ पर्फेक्ट हुदैन । त्यसैले मोटो शरीर भएकाहरुले आफुले चाहेको जस्तो फेशन गर्न पाउँदैनन् । तर मोटो शरीर भएका हरुले पनि चिन्ता गर्नु पर्दैन । आफ्नो खानपानमा र केही कुरामा ध्यान दिए आफ्नो शरीरलाई छरितो र आकर्षक आकारमा ल्याउन सक्नेछन् । स्लिम एवम् छरितो हुनकोलागि खाना नै नखाने भन्ने होइन । खाना खाएर पनि आफ्नो शरीरलाई सही आकारमा छरितो राख्न सकिन्छ । त्यसको लागि निम्न उपाय अपनाउनु आवश्यक छ ः

खानाको बिचमा लामो ग्याप हुन नदिनु ः
जब तपाईं छिन छिनमा केही खाइरहनु हुन्छ भने दिमागमा भोक लागेको महसुस हुँदैन । त्यसै अनुसार क्यालोरीयुक्त खानेकुराको चाहना हुँदैन । खाना खानु मन पनि लाग्दैन । तेसैले बेला बेलामा थोरै थोरै खानाले शरीरलाई मोटो हुनबाट जोगाउँछ ।

 

बिस्तारै बिस्तारै खाने ः
जब तपाईं बिस्तारै बिस्तारै स्वाद लिएर खानु हुन्छ तब आफुलाई पेट भरेको महसुस हुन्छ । जब छिटो छिटो खाना खानु हुन्छ । यस्तो अबस्थामा पेट भर्यो भरेन त्यसको अन्दाज हुँदैन । सो क्रममा बढी खाना खाईन्छ र मोटाईन्छ ।

 

चाहेजति निन्द्रा पुरा गर्ने ः
शोध अनुसार निन्द्राको कमीले तौल बढ्ने कारण हुन सक्छ । निन्द्रामा कुनैपनि बेला तपाईं तनाव महसुस गर्न सक्नुहुन्छ । तनावसँग जोडेको हार्मोनले शरीरमा अत्याधिक मात्रामा पानी बढाईदिने गर्दछ । जसले गर्दा तौल बढी भएको देखिन्छ । यति मात्र होइन की जब निन्द्रा पुरा हुँदैन तब तपाईं आफ्नो काम राम्ररी गर्न सक्नु हुन्न । त्यसैले कम्तिमा सात घन्टा सुत्नु पर्ने सुझाब बिज्ञहरुको छ ।

 

मधपान (अल्कोहल) देखि टाढा रहने ः
यदि तपाईं फिट रहन चाहनु हुन्छ भने मदिरापान (अल्कोहल) देखि टाढा नै रहनु पर्ने हुन्छ किनकी यसको सेवनले मोटोपना बढाउने गर्दछ ।
घरको खाना खाने ः
बाहिर रेस्टुरेन्टमा गएर खानु भन्दा घरको खाना नै खानु स्वास्थ्यको लागि राम्रो हुन्छ । घरको खाना फ्रेश र हेल्दी हुनका साथै आफुले चाहेको मात्रामा तेल प्रयोग गर्न सक्नु हुन्छ । तर बाहिर रेस्टुरेन्ट खानामा क्यालोरीको मात्रा बढी हुने हुन्छ ।

 

शाकाहारी (भेज) खाना खाने ः
मंशहारी खानामा पोषण तत्व बढी हुने गर्दछ । त्यसमा चिल्लोको मात्रा पनि बढी हुने गर्दछ । त्यसको बिपरित शाकाहारी (भेजेटिरियन) खाना खानेहरुको तौल चांडै नै घट्ने हुन्छ । त्यसैले आफ्नो डाईटमा सबै प्रकारको गेडागुडी, दाल एवम् हरियो सागसब्जीहरु शामेल गर्नु पर्छ ।

 

खाना सही मात्रामा खाने ः
खाना नै नखाई डायटिंग गर्नु भन्दा खाइरहेको खानाको मात्रा कम गर्दा उपयुक्त हुन्छ । यसको लागि सानो प्लेटमा खाना खानु पर्ने हुन्छ । किनकी धेरैको शोध अनुसार सानो प्लेटमा खाना खानेहरु ठुलो प्लेटमा खानेहरुको तुलनामा कम खाने गर्दछन् ।

 

सानो सानो काम गर्नु फाइदाजनक ः
शरीरलाई फिट राख्न फुर्तिलो हुन आवश्यक हुन्छ । घरको सानो सानो काम गर्नाले पनि तपाईंको एक्स्ट्रा क्यालोरी कम हुने गर्दछ । घर सरसफाई, फुलबारीमा पानी राख्ने, बाहिर दौडन जाने, पैदल यात्रा गर्ने जस्ता क्रियाकलाप गर्नाले पनि मोटोपना कम हुने गर्दछ । घर एवम् अफिसमा लिफ्टको साटो सिंढी प्रयोग गर्ने बानी बसाल्नु पर्दछ । यसले पनि शरीर फिट राख्न मद्दत पु¥याउँछ ।

 

मोडल – हरिशा बानिया