ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ माघ
आगामी फागुन २९ मा अभिनेता सुशील श्रेष्ठको एक्सनका प्रधान चलचित्र ‘आउटलः दफा २१९’ रिलिज हुने भएको छ । यो चलचित्रमा आफूले अहिलेसम्म नेपाली फिल्ममा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी अभिनेता सुशीलले गरेका छन् ।
केही हप्ता अगाडि मात्र यसको टिमले ४० लाख खर्च गरेर एउटा एक्सनको दृश्य छायांकन गरेको छ । अब, भने फिल्म रिलिजका लागि पूर्ण रूपमा तयार भएको निर्माण पक्षको भनाई छ ।
यसैबिच, यो फिल्मका लागि सुशील आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन् । यो दृश्यका लागि सुशीलको शरीरमा आगो लगाइएको थियो र उनले एक्सन गरेका थिए । यो दृश्य दर्शकका लागि विशेष हुने निर्माण पक्षको भनाई छ । यो चलचित्रमा फिल्ममा सुशीलसँगै शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन्, विशाल पहारि लगायतका कलाकारहरूको अभिनय छ ।
यसले, पनि सुशीलको मिहिनेत फिल्ममा कति छ भन्ने प्रस्ट हुन्छ । निर्माण पक्षका अनुसार, फिल्ममा करिब ५० मिनेट एक्सन छ । जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ ।
टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो फिल्मलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अमित अग्रहरीको लगानी छ ।
चुल्ठे काजीको एक्सन रहेको यो फिल्ममा साहिल खानको सम्पादन नवीन गुरुङको डीओपी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रूपमा छन् ।