माघ ५ बाट एक्टर रिलिज हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं २१ मंसिर

नयाँ चलचित्र ‘एक्टर’ आगामी ५ माघबाट रिलिज गरिने भएको छ । निर्माण पक्षले यो चलचित्रको यस अघि देशका विभिन्न स्थानमा च्यारिटी शो गरिएको थियो । चलचित्रको बिशेष प्रदर्शनमा यसलाई दर्शकले निकै रुचाएको यसका निर्देशक मदन घिमिरेले बताएका छन् ।

चलचित्र ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ । यसमा चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण कथामा यो चलचित्र तयार भएको यसका निर्देशक घिमिरेले बताएका छन् ।

यो चलचित्रलाई अग्र टेलिभिजन पत्रकार मनोहरी थापाले निर्माण गरेका हुन् । चलचित्रचलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन, मदन घिमिरेको निर्देशन रहेको छ । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ नायक प्रिन्स थापाको डेब्यु चलचित्र हो ।