शिलास्मा बनिन् ब्युटिसियन नेपाल


काठमाडौं,२० फागुन

व्युटिसियनहरुबीच सम्पन्न  चौथो संस्करणको ’ब्युटिसियन नेपाल २०१८’ को उपाधि शिलास्मा मल्लले प्राप्त गरेकी छिन् । काठमाडौंमा सम्पन्न सो प्रतियोगितामा १६ जनाप्रतिस्पर्धीलाई पछि पार्दै शिलास्माले उपाधी सहित बिभिन्न उपहार प्राप्त गरिन ।

 


प्रतियोगितामा सविना चित्रकार फस्ट रनरअप र बिना श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए । अमेजन इन्टरटेनमेन्टद्वारा ब्युटिसियनका लागि आयोजना गरिएको सो प्रतियोगितामा अन्य उपाधितर्फ बेस्ट पर्सानालिटी मिट्ठु महर्जन, फोटोजेनिक प्रतिक्षा अधिकारी, कम्प्लेक्सन गंगा खड्का, पंचुअल देवी श्रेष्ठ, डिसिप्लेन सविना खत्री घोषित भए ।

यस्तै कन्फिडेन्सको उपाधि सुनिता पोखरेललाई, स्मार्टको उपाधि सविना चित्रकारलाई, चार्मिङको उपाधि सम्झना शेर्पालाई, एक्टिभको उपाधि मालिना खेबाङ सुब्बालाई, स्टाईलिसको उपाधि सविना नेपालीलाई र पपुलरको उपाधि कल्पना गुरुङलाई दिईयो ।

 

निर्णायकमा सञ्चारकर्मी कला सुब्बा, पूर्व मिस नेपाल उषा खड्गी, मोडेल एवं अभिनेता दिक्पाल कार्की, कस्मेटोलोजिस्ट डा. रेखा थापा लगायत थिए । सो प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गरेकी हुन् ।

 

तस्बिर सौजन्य ः आर्टिष्ट नेपाल