काठमाडौं, २० फागुन

इन्द्र सरोबरमा डुंगामा चढेर कविता सुनाउँदा र सुन्दाको मजा कस्तो होला । यस्तै मजा राजधानी र मोफसलका साहित्यकारहरुले दुई दिनसम्म लिएका छन् ।

 

हो, मकवानपुर जिल्लाको मार्खुमा कविताको कार्यक्रम काब्य उत्सव भएको छ त्योपनी तालको विचमा । यही कार्यक्रममा साहित्यकारले यस्तो आनन्द लिएका हुन् । पर्यटनका लागी साहित्य नारा सहित नेपालकै मानव निर्मीत सबैभन्दा ठूलो ताल इन्द्रसरोवरमा इन्द्रसरोवर काव्य उत्सव २०७४ भएहो हो ।

 

१८ र १९ फागुनमा भएको सुन्दा पनि अचम्म लाग्ने तालको बिचमा डुगांमा कविता सुनाइएको थियो । देश भरका करिब तिन दर्जन कविको उपस्थिती रहेको कार्यक्रममा शुक्रबार साझ ६ बजे सुरु भएको इन्द्रसरोवरको बिचमा डुगांकै स्टेज बनाइएको थियो । सो डुंगामै कवि तथा दर्शकलाई राखेर दिप प्रज्वलन सहित गरिएको कार्यक्रम करिब दुई घण्टा निरन्तर चलेको थियो ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल मुख्य अतिथि थिए । उनले कार्यक्रममा बोल्दै नेपालमा यस्तो प्रकारको कार्यक्रम पहिलो पटक भएको भन्दै आफूले कविता र प्रकृतिलाई एकैपटक अनुभुति गर्न पाएको अनुभव सुनाए । ३२ जना कविले एक एक कविता गरे राती १० बजेसम्म इन्द्रसरोवर गुञ्जयमान गराए ।

त्यस्तै दोस्रो दिन को किनारमा कविता श्रृंखलामा तिन दर्जन कविले कविता प्रस्तुत गरे । कवि टोलीकी सबैभन्दा जेठी कवि उषा शेरचनले यस्तो भब्य र सिर्जनशिल उत्सवमा आफू उपस्थित जनाउन पाएकोमा अत्यन्तै सौभाग्यशाली भएको बताइन् ।

त्यस्तै चितवनका कवि भूपिनले तालमै दिप प्रज्वलन सहित यसरीक कविता गरेको आफ्नो पहिलो अनुभुति सुनाउँदै यस्ता कार्यक्रमले कविलाई अझै सिर्जनशिल बनाउने जिकिर गरे ।

चार चरणमा गरिएको कार्यक्रममा सुरुवात विद्यालय स्तरको कविता प्रतियोगीता उत्कृष्ट चार स्थानिय कवि शुशिला वाइवा, अनिता लामा मिरुता कार्कीलाई जनही चार हजार रुपैयाँ सहित प्रसँसा पत्र दिईयो ।

इन्द्रसरोवर गाउपालीका मकवानपुर र सर्वनाम थिएटर काठमाडौको संयुक्त आयोजना रहेको कार्यक्रममा निकै आकर्षक भएको थियो ।

कार्यक्रम एकदमै महत्वकांक्षी र तालमा सुरक्षाका हिसाबले जटिल भए पनी सबैको सहयोगले गर्दा उत्सब सोचेको भन्दा सफल भएको कार्यक्रममा संयोजक राज शाहले बताए ।

पर्यटनको सम्भावना हुँदाहुदै पनि लुकेर बसेको इन्द्रसरोवरलाई राष्ट्रमै चिनाउने कोशेढुगांको रुपमा यो काव्य उत्सव सावित भएको इन्द्रसरोवर गाउँपालिकाका अधिकृत रोशन पुनले बताए ।

 

त्यस्तै इन्द्रसरोवरलाई पर्यटनको टेवा पुर्याउने उद्देश्यले देशैभरका कविहरु आएर इन्द्रसरोवरको गरिमा बढाएको बताउँदै इन्द्रसरोवरलाइ सिर्जनशिल पर्यटनको गन्तब्यको रुपमा बिकाश गर्ने गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी गराए ।

अनिता न्यौपाने, अप्सरा तिम्सिना, असीम सागर, ईश्वर कँडेल, उषा शेरचन, छवि अनित्य, जोतारे धाइवा, ज्योति जङ्गल, नवराज पराजुली, नवीन प्यासी, निमेष निखिल, प्रकाश रम्घाली, प्रतिमा पाठक, प्रोल्लास सिन्धुलीय, फूलमान बल, बिना थिङ तामाङ, बाबु त्रिपाठी, बिर्खे अन्जान, भूपिन, मनु मन्जिल, रन्जना निरौला, रमेश क्षितिजले उत्सबमा कविता सुनाए ।

यस्तै राजेन्द्र पराजुली, राम अविकास, रावत, विप्लव ढकाल, सङ्गीत श्रोता, सुदेश सत्याल, सुवास खनाल, सौरभ कार्की, हेम प्रभास, हेमन यात्री सहित स्थानिय कवि रश्मी लामा, श्याम लामाले समेत उत्सबमा आफ्ना कविता वाचन गरेका थिए ।