भिडियोमा ताली ठोकौंला…भन्दै सुगम र अनिश


काठमाडौ, २० फागुन

पप गायक सुगम पोखरेलले आफ्नो नयाँ गीत ताली ठोकौँला…को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतमा सुगम र अनिश भण्डारीको स्वर रहेको छ । गीतको शब्द सम्भोज मल्ल र सुगमले तयार गरेका हुन् । संगीत पनि यी दुईको संयुक्त हो ।


आफुहरुले करिब डेढ दशकपछि सांगीतिक सहकार्य गरेको यी दुईको कथन छ । भण्डारीले यस अघि सुमगसँगै मिलेर रंगीन यो साँझ…, गीत ल्याएका थिए ।

ताली ठोकौँला…को भिडियोमा अमृत ढुंगाना र जुना सुन्दासको अभिनय छ । भिडियोलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् । सुप्रिम पराजुलीले सम्पादन गरेको यो गीतको भिडियो विकास सुवेदीको निर्देशनमा तयार भएको हो ।

यस्तो छ भिडियो –

https://youtu.be/gLDCm5fKUas