चलचित्र लम्फुको गीतमा तरकारीवालीको अभिनय


काठमाडौं, १५ फागुन

 

एक वर्ष अघि तरकारी बालीको नाममा सामाजिक सञ्जालमा भाईरल भएकी धादिङकी युवती कुशुम श्रेष्ठ चलचित्र लम्फुको एउटा गीतमा देखिएकी छिन् । उनी सो गीतमा कलाकारको रुपमा छिन् ।

 

चलचित्र ‘लम्फू’को अडियोमा निकै रुचाईएको गीत सँगै जिउने सँगै मर्ने..’को भिडियो दर्शकमाझ आएको छ । यही गीतमा कुशुमको अभिनय देख्न पाईन्छ ।

 

यसको भिडियो निर्माण पक्षले सामाजिक सञ्जाल युट्युव मार्फत भिडियो रिलिज गरेको हो । आगामी २८ बैशाखबाट देशव्यापी प्रदर्शनको घोषणा सहित भिडियो रिलिज गरिएको हो ।

 

यो भिडियोमा तरकारीवालीसँगै अभिनेता कबिर खड्का र मरिष्का पोखरेलको अभिनय छ । चलचित्रका अन्य कलाकारमा सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायत छन् ।

 

गोपालचन्द्र लामिछानेको निर्देशनमा यो चलचित्र तयार हुँदैछ । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । यो गीत अर्जुन पोखरेलको संगीत, सुरेश लामा र अप्सरा घिमिरेको स्वरमा तयार भएको हो ।

 

‘लम्फू’लाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । जसमा भूपतिको लेखन, दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन रहेको छ । पुनम क्षत्री गौतमले यो चलचित्रको कस्ट्युम डिजाईन गरेकी हुन् ।