बाल मोडल सिद्धिकालाई सफलता


 

काठमाडौं, १० फागुन

स्कुलका विभिन्न कार्यक्रममा नृत्य प्रस्तुत गर्दै आएकी ललितपुर कुपण्डोलकी सिद्धिका धामी बाल मोडल हुन् । उनले व्युटी पेजेन्ट र र्याम्प शोमा पनि आफुलाई प्रस्तुत गर्दै आएकी छिन् ।

 

र्याम्प शोमा आफुलाई प्रखर रुपमा प्रस्तुत गरेकै कारण उनलाई फेरी अर्को सफलता मिलेको छ । इभेन्ट बेटर ग्यालेक्सीद्धारा आयोजित लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१८ प्रतियोगितामा सिद्धिकाले दुई ओटा अवार्ड जितेकी छिन् । उनले फेशन र मोडलिङको अवार्ड जितेकी हुन् ।

सो प्रतियोगितामा सिद्धिकाले बेस्ट डे«स र बेस्ट क्याटवाकको उपाधि जितेकी छिन् । सिद्धिकाले बेस्ट डे«स जितेकोमा फेशन डिजाईनर काजल शर्माले खुसी व्यक्त गरेकी छिन् । सो प्रतियोगिताको धेरै जसो डे«स काजलले डिजाईन गरेकी थिईन् । काजलले नै तयार गरेको डे«सबाट सिद्धिकाले बेस्ट डे«सको अवार्ड जितेकी हुन् । यो सफलता कालज र सिद्धिका दुबैको हो । त्यसैले यसलाई आफुहरु दुबैको सफलताको रुपमा आफुले लिएको काजलले बताईन् ।

 

यस्तै मोडलिङ दक्ष मानिएकी सिद्धिकाको क्याटवाक पनि त्यत्तिकै राम्रो छ । भविष्यामा सफल मोडल बन्ने सिद्धिकाले क्याटवाकको अवार्ड जित्दा उनी, साथीहरु र परिवार पनि खुसी भएका छन् । उनका बुबा किर्तन धामीले सिद्धिकालाई आउँदा दिनमा छोरीको चाहना अनुसार कला क्षेत्रमा पनि साथ दिने बताएका छन् । नृत्यसँगै छोरीको मोडलिङमा पनि प्रगति देखेर बुबा किर्तन र आमा पवनी पनि खुसी छन् ।