डिग्री माईलाको खुल्यो अग्रिम टिकट


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ चैत

यही ३० चैतबाट सिनेमा हलमा रिलिज हुने नेपाली चलचित्र ‘डिग्री माइलाको अग्रिम टिकङ बुकिङ बुधबारबाट खुला गरिएको छ । नेपाली सिनेमाप्रति खासै अनुग्रहित नहुने हलहरुमा रामबाबु गुरुङ निर्देशित सिनेमाले उच्च संख्यामा शो पाएको छ । बुधबार यो समाचार तयार पर्दासम्म दयाहाङ राई तथा आँचल शर्मा स्टारर ‘डिग्री माइला’ले देशको ठूलो हल चेन क्यूएफएक्स बाहेक देशबर ९७ शो पाएको छ । क्यूएफएक्सले ५८ शो दिइसकेको छ । यसमा अझ शो संख्या थपिने अनुमान छ ।

हालसम्म सिनेमाले देशभर कुल १ सय ५५ शो पाइसकेको छ । भोलिसम्म यो संख्या अझ बढ्ने देखिन्छ । ट्रेलर रिलिज भएयता दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ । वर्षको सुरुवातमा ‘जारी’ले ल्याएको व्यापारिक उछाललाई ‘डिग्री माइला’ले पनि सुखद् अन्त्य दिने रुझान देखाएको छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।