साइनो मिटाइ गई…को भिडियो रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ बैशाख

नयाँ लोक देउडा गीत ‘साइनो मिटाइ गई…’ को भिडियो सार्वजनिक भएको छ । फुलारा लिटरेचर फाउण्डेशन नेपालको प्रस्तुती रहेको यो गीत गीतकार भीष्मराज फुलाराले लेखेका हुन् । यो गीतमा वरिष्ट देउडा गायक दिपेन्द्र प्रसाद दाहाल र गायिका टिका पुनको स्वर छ । गीतमा दिपेन्द्र प्रसाद दाहालकै संगीत र भुवन प्रसाद बडुको संगीत संयोजन रहेको छ ।

यो गीतको म्यूजिक भिडियोलाई फुलारा ईन्टरटेनमेन्ट नेटवर्क मार्पmत सार्वजनिक गरिएको हो ।

रमेश बिजुली बिसीद्वारा निर्देशित सो म्यूजिक भिडियोमा झरना बोहरा, सौगात ओझा र बिर बहादुर बोहराको अभिनय छ । जसमा छायाँकन अमृत उपाध्यायको , सम्पादनमा शंकर साउदको, कलर संयोजनमा गणेश साउद र मेकअप निशा बोहराको छ ।