प्रेम आरोह अबरोहमा दयाहाङ– आँचलको किन…


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ चैत

चलचित्र डिग्री माईला यही ३० चैतमा रिलिज हुँदैछ । नयाँ वर्ष २०८१ को अबसरमा रिलिज हुने यो चलचित्रको दोश्रो गीत किन पनि सार्वजनिक गरिएको छ । गीतलाई लिरिकल भिडियोको रुपमा प्रस्तुत गरिएको छ । गीतको शब्द रचना, संगीत र गायन हेमन्त रानाको हो । यो गीतमा दयाहाङ र आँचलबीचको प्रेम आरोह अबरोहका भावहरु छायाँछवीका रुपमा समेटिएका छन् ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा स्नातककोत्तर उतिर्ण एक शैक्षिक बेरोजगार पुरुषको अहमता प्रस्तुत गरिएको छ । अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि डिग्री माईला नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर सिनेमाको निर्माण गरेको हो । सिनेमामा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ ।

यो चलचित्रको निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।