लण्डन टु पेरिस फस्ट लुक्स : पहिले चुम्बन अहिले अँकमाल


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ चैत

यस अघि चलचित्र ’लण्डन टु पेरिस’को पहिलो पोष्टरमा नव अभिनेता निश्चल खडका र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको चुम्बन दृष्यको तस्बिर राखिएको थियो । यतिबेला यो चलचित्रको दोश्रो पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा यो चलचित्रका मुख्य चार पात्रबीचको अँकमाल देखाईएको छ ।

दोश्रो पोष्टरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता निश्चल खड्का बीचको अँकमाल तथा अभिनेता कवीर खड्का र नव अभिनेत्री गरिमा शर्माबीचको अँकमालको दृष्य प्रस्तुत प्रस्तुत गरिएको छन् ।

अँकमाल, चुम्बन जस्ता दृष्य पोष्टरमा आउनुले यो चलचित्र अभिनेता अभिनेत्रीको रोमान्समा आधारित रहेको प्रष्टिएको छ । पहिलो चुम्बन युक्त पोस्टरलाई सकारात्मक प्रतिक्रिया मिलेपछि दोस्रो पोष्टर सार्वजनिक गरेको निर्माण पक्षले जनाएको छ ।

घनश्याम लामिछानेले निर्देशन गरेको यो चलचित्रमा २५ जेठबाट सिनेमा हलमा आउने भएको छ । जसमा साम्राज्ञी, निश्चल, कविर र गरिमासँगै रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीलगायतको अभिनय रहेको छ । यात्रा प्रेमकथामा यो चलचित्र केन्द्रित रहेको निर्माण पक्षको कथन छ ।

सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशक फिरोज खड्का रहेको छ । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।