रत्ननगरमा नेपाल राष्ट्रिय कलाकार संघ चितवन


ब्युटी न्युज नेपाल
चितवन १३ चैत्र

यो वर्षको होली विभिन्न कार्यक्रम आयोजना गर्दै मनाईएको छ । यसै क्रममा सोमबार रत्ननगर ४ बगैंचा टोलमा नेपाल राष्ट्रिय कलाकार संघ चितवन र कैलाशेश्वर महादेवको संयुक्त आयोजना ‘होली विशेष २०८०’ आयोजना गरियो ।

बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम बीच होली कार्यक्रम आयोजना गरिएको हो । रत्ननगर ४ का वडाध्यक्ष रामकुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एक अर्कालाई अबिर लगाउँदै फागुको शुभकामना आदन प्रदान गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चौधरीले होली पर्वले सबैमा एकता र सद्भाव कायम गराउने भएकाले परापूर्व कालदेखि नै यो पर्व मनाइदै आइएको बताए । उनले होली पर्व थारु जातिहरुले झन उत्साहपूर्वक मनाउने प्रचलन स्वरुप आफ्नो लागि समेत होली विशेष भएको भनाई सो कार्यक्रममा राखे ।

राप्रपा चितवनका उपाध्यक्ष जीवलाल पुरीलगायत स्थानीय क्षेत्रका विभिन्न व्यक्तित्वको आतिथ्यता रहेको सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो । होली कार्यक्रम उत्साहका साथ सम्पन्न भएकोले यस्तो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने कार्यक्रम संयोजक पिताम्बर आचार्यले बताए ।