गायिका एलिना र प्रेमी विष्णुसँग विवाह गर्दै


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ चैत

गायिका एलिना चौहानको प्रेमीसँग सम्बन्ध टुटेको चर्चा सेलाउन नपाउँदै उनीहरुबीच विवाह हुने भएको छ । अष्ट्रेलियामा बस्दै आएका व्यबसायी विष्णु सापकोटासँग एलिनाले विवाह गर्न लागेकी छिन् । यो कुरालाई एलिना आफैंले खुलासा गरेकी छिन् । पछिल्लो बर्ष प्रेममा रहेका एलिना र बिष्णुले दुई परिवारकै सहमतिमा आउँदो बैशाख ५ गते बिहे गर्दैछन् ।

गायिका एलनाले दुई परिवारको सहमति र दुबै परिवारका सदस्यहरुको उपस्थितिमा विवाहको कुरा तय भएको बताएकी छिन् । उनीहरुले झापाबाट बिहे गर्दैछन् ।

केही समय अघि सांगीतिक कार्यक्रमका लागि एलिना अष्ट्रेलिया जाँदा उनी र विष्णुबीच भेटघाट भएको थियो । उनीहरुबीच सोही भेटघाटपछि प्रेम सम्बन्ध मौलाएको हो । तर तीन महिना अघि यी दुईबीचको प्रेम सम्बन्ध टुटेको खबर एकाएक बाहिरियो । यो समयमा गायिका एलिनाको कट्टा हान्दिन्छु…गीत ल्याएर उनी भाईरल भईन् ।

सोही क्रममा अष्ट्रेलिया पुगेकी मोडल मिस पवित्रा सांकी र विष्णु खत्रीको भिडियोले फेरी चर्चा पायो । विष्णुसँग आफ्नै कुनै सम्बन्ध नभएको मोडल मिस पवीले स्पष्टीकरण दिनु पर्यो । सो प्रकरणपछि फेरी एलिना र विष्णु सम्पर्कमा आएको र आपसमा विवाह गर्ने सहमती भएको उनीहरुका आफन्तले जनाएका छन् ।