रँग उत्सबमा बोक्सीको घरको फस्ट लुक्स सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ फागुन

भौतिकबादीहरु बोक्सी मान्दैनन् । नेपाल सरकारले पनि यसलाई कु प्रथा घोषणा गरेर बोक्सीको आरोप लगाउनेलाई कानूनी सजाय व्यबस्था गरेको छ । तथापि नेपाली समाजमा बोक्सी जस्तो कु प्रथा अझै कायम छ । यही कु प्रथालाई पर्दामा ल्याउन अभिनेत्री केकी अधिकारी तल्लिन छिन् । उनले यस्तै प्रसँगमा चलचित्र बोक्सीको घर निर्माण गरेकी छिन् । कुनै समय रँगमञ्चमा प्रस्तुत गरिएको बोक्सीको घरलाई सुलक्षण भारतीले निर्देशन गरेका छन् ।

चलचित्र बोक्सीको घर १४ वैशाखमा रिलिज गरिने भएको छ । बोक्सी हुन्न भन्ने मान्यता हुँदा हुँदै पनि रँगको पर्व फागुपूर्णिमाको दिन आईतबार यसको ‘बोक्सी लुक्स’ अर्थात पोष्टर सार्वजनिक गर्दै होली पर्व मनाईएको छ ।

सो पोष्टरलाई यस चलचित्रकी प्रस्तुतकर्ता तथा अभिनेत्री केकी अधिकारी र पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरे । पोष्टरमा केकीलाई रातो आँखा भएकी महिलाको रुपमा प्रस्तुत गरिएको छ ।

प्रस्तुतकर्ता तथा अभिनेत्री केकीले यसअघि सार्वजनिक टिजर र गीतमा नदेखाइएको ‘बोक्सी लुक्स’लाई फागु पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको बताइन् । ‘टिजर र गीतमा सस्पेन्सका रुपमा रााखिएको बोक्सी लुक्सलाई प्रचार प्रसारको प्रमुख माध्यम बनाउन सार्वजनिक गरेका हौं’, उनले कार्यक्रममा भनिन्,‘सिनेमाको टिजर र सार्वजनिक गीत जिन्दगीको कथा, यता न उता सार्वजनिक गरे पनि मेरो चरित्रको लुक्सलाई यी प्रचार सामग्रीमा खुलाईएको थिएन । अहिले बोक्सी लुक्सको रुपमा खुलाईएको हो ।’ ‘बोक्सी लुक्स’ले अझ बढी चर्चा पाउनेमा केकीको कथन छ ।

सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् ।
लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दोबल्दो सामाजिक विषयवस्तुमा सिनेमा बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दाबी गरे ।

बद्री अधिकारीले यो चलचित्र निर्माण गरेका हुन् । बद्री अभिनेत्री केकीका पिता हुन् । यसमा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । यसको कार्यकारी निर्माता राज घिमिरे हुन् ।

यो चलचित्रमा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।
लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।