थुनामा राख्न आदेश दिएको महरालाई अस्पताल भर्ना फेरी अदालतको आदेश


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ चैत

सोमबार बिहान मात्र सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा सोमबार बेलुकै काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका छन् । महरा यतिबेला थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो उपचार गराईरहेका छन् ।

नर्भिक भर्ना हुनु अघि उनलाई ४ दिन हिरासतमा राखेर सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । तर केही क्षणमै फेरी उनलाई उपचारको लागि अस्पताल भर्नाहुन अदालतले नै आदेश दिएको हो । केही क्षण अघि थुन्ने आदेश अदालतबाट पाएका महरा महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले फेरी आदेश दिएपछि उनलाई सोमबार बेलुका नर्भिक अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताएका छन् ।

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए । उनलाई काठमाडौं ल्याएर सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा म्याद थपको लागि पुर्याईएको थियो ।