अभिनेत्री नीति शाह ब्राडफोडको ब्रान्ड एम्बेस्डर


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ चैत

अभिनेत्री नीति शाह ‘ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी एप्लाई ग्लोबलको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । नायिका शाह र कन्सलटेन्सीका निर्देशक पवन बिष्टले कागजी संझौतामा हस्ताक्षर गरेका छन् ।

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि खुशी व्यक्त गर्दै नीतिले भनिन्–‘ब्राडफोड, एप्लाई ग्लोबलले विगत १८ बर्षदेखि नेपाली विद्यार्थीहरुलाई विश्वका प्रसिद्ध शैक्षिक गन्तव्यमा जाँदा छात्रावृत्तीका लागि सहयोग गर्ने, काउन्सिलिङ गर्ने तथा उचित मुल्यमा इङ्लििस प्रोफिसेन्सी टेष्टहरु समेत गरिरहेको सुन्दा खुशी लाग्यो । यस्तो संस्थाको ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त हुन पाउँदा निकै खुशी लागेको छ ।’

यस्तै, संझौता कार्यक्रममा बोल्दै ब्राडफोड ग्लोबलका निर्देशक तथा एप्लाई ग्लोबलका प्रमुख पवन बिष्टले आफूहरुले सधै नै विदेश अध्ययन गर्न जाने सिलसिलामा विद्यार्थीहरुलाई कुनै वाधा झेल्न नपरोस् भनेर प्रण गरेको बताए । उनले, नीति शाह जस्तो चर्चित नायिकालाई ब्रान्ड एम्बेसडर बनाउन पाउँदा खुशी लागेको समेत बताए । यस्तै, संस्थाका निर्देशक रविन्द्र घिमिरेले अझै गुणस्तरीय कार्य गर्ने वाचा गरेका थिए ।