महाजात्रामा सम्पुको रुपमा फरक शैलीमा ह्याट्रिक गरेकी छु – वर्षा राउत


अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माँझ लोकप्रिय छन् । उनलाई ‘जात्रा’ शृङ्खलाको सम्पदा अर्थात् सम्पु भनेर दर्शकले चिन्ने गरेका छन् । जात्रा र जात्रै जात्रापछि यी अभिनेत्री यसको तेश्रो सिक्वेल महाजात्रा मार्फत ९ चैतबाट दर्शकमाझ आउँदैछिन् । यिनै अभिनेत्रीसँग गरिएको कुराकानीको मुख्य अँश यहाँ प्रस्तुत गरिएको छ ।

विपिन कार्की थियटरबाट आउनु भएको कलाकार, तपाइँ म्युजिक भिडियोबाट ’जात्रा’ मा काम गर्ने बेलामा असहजता भएन र ?
सुरुमा मैले पनि कसरी काम गर्ने होला रु भन्ने नसोचेकी होइन । तर, फिल्मको लागि भेटघाट भयो । हामीले वर्कशप गर्यौं । प्रेम विवाह गरेको क्यारेक्टर भएकाले हामी बीचमा कुराहरू शेयर गर्न लजाउनु हुँदैन् भनेर त्यहि अनुसार वर्कशप गर्यौं । त्यसले गर्दा मलाई सेटमा निकै सहज भयो ।

सम्पदा (सम्पु) कस्तो स्वभावकि छिन् र ?
सम्पु एउटा असल र इमान्दार महिला हो । त्यहि भएर उसले फडिन्द्रसँग आफ्नो जीवन बिताउने निर्णय गरेकी हो । प्रेम विवाह गर्न सम्पुलाई फडिन्द्रको इमान्दारिताले आकर्षित गरेको हो । ‘महाजात्रा’मा अझैँ सङ्घर्षशील गृहणी बनेकी छ । परिवारमा छोरी थपिएसँगै अहिले अरुको घरमा गएर काम गर्ने, फिल्ममा तपाइँको प्रेम विवाह भयो तर प्रेम प्रसङ्ग निकै कम छ नि रु
हाम्रो प्रेम कथालाई ‘जात्रै जात्रा’मा देखाइएको थियो । यसलाई दर्शकले पनि रुचाउनुभयो । हाम्रो परिवार नै सङ्घर्षमा छ, जहाँ प्रेमसँगै अन्य विविध पाटोलाई चित्रण गर्नुपर्ने छ । फेरी मूल कथानै जात्राको हो । त्यसकारण यसमा चाहिने जति प्रेम छ ।

पहिलो फिल्ममा हिरोइन भन्नुभएपछि दोस्रोमा श्रीमती र तेस्रोमा आमा बन्नु भयो नी र ? 
त्यस्तै भयो । तर, मैले आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच सहित नै आएकी थिएँ । म हिरोइन मै सिमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँदा पनि मलाई ती भूमिका गर्न हुन्न् की भन्ने नै लागेन ।

तपाइँको बुझाईमा ‘महाजात्रा’ के हो र ?
‘महाजात्रा’ को एउटा पारिवारिक र सामाजिक फिल्म हो । हामीले देखिरहने घटनालाई यसमा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । यहाँ परिवार, मित्रता र समाजको जात्रा छ । भिन्न तीन पृष्ठभूमिबाट आएका पात्रले सिङ्गो नेपालको प्रतिनिधित्व गर्छ । यो स–परिवार हेर्नुपर्ने फिल्म हो ।

डेब्यु वर्षमै तीन सफल फिल्म दिनुभएपछि भूमिकामा फरकपना आएन भन्ने सुनिन्छ नि ?
कुनै पनि कलाकारलाई ‘टाइप कास्ट’ हुन् मन हुँदैन । तर, निरन्तरता पनि हाम्रो बाध्यता नै हो । हामीले आइरहेको प्रस्तावमा आफूलाई राम्रो लाग्ने भूमिका छनोट गर्नुपर्छ । केही समय फिल्ममा देखिएन भने फलानो हरायो भनेर खबर आउँछ । त्यसैले आफूलाई पर्दामा ल्याईराख्नु पर्ने दबाबसँगै फरक गर्नु पत्रने चुनौती पनि हामी कलाकारलाई हुन्छ । र, मैले पछिल्लो भूमिका भन्दा फरक होस् भने हरेक पटक प्रयास गरिरहेकी हुन्छु ।

कस्तो फिल्ममा देखिन मन छ ?
मलाई कमर्सियल भ्यालू बोकेको आर्ट फिल्ममा देखिन मन लागिरहेको छ । ‘जात्रा’ शृङ्खलाले पनि समीक्षात्मक र व्यावसायिक सफलता पाइरहेको छ । मलाई समाजले देखिरहने तर महसुस गर्न नसकेको कथालाई पर्दामार्फत दर्शकसम्म पुर्याउन मन छ । ती पात्र प्रति समाजले निर्माण गर्ने दृष्टिकोण, पात्र भित्रको मनोविज्ञान र जीविकोपार्जनका लागि गरिने सङ्घर्ष आफ्नो पात्रबाट व्यक्त गरौँ भन्ने लाग्छ ।