काठमाडौं, ७ फागुन
‘लरक्कै लक्र्याे रातो सारी भुइमा…’गीतको भिडियो बाढ चर्चा पाएकी पुर्णिमा श्रेष्ठ नेपाली कलाकारितामा चिनिएको नाम हो ।

फेशन बारे कुरा गर्दा ‘सारीमा म निकै राम्रो देखिन्छु’ उनले सुनाइन् । आत्मविश्वासले भरिएको सुन्दरता नै ग्ल्यामर भएको बताउने यी सुन्दरी प्राय क्याजुअल ड्रेसमा हिड्न रुचाउँछिन् ।
आकर्षक शरिर र लोभलाग्दो बैशले भरिएकी श्रेष्ठ सिम्पल मेकअपमा हिड्न रुचाउछिन् । लिबिष्टीक र गाजल उनले नछुटाउने मेकअप हुन् ।

उनी म्युजिक भिडियो देखि स्टेज कार्यक्रमसम्म जताततै छाउन सफल छिन् । आधुनिक, पप र लोक लगायत प्राय सबै प्रकारको गीतको म्युजिक भिडियो मोडलिङमा जमेकी उनी धेरै गायक तथा भिडियो निर्देशकको रौजाइकी मोडल पनि हुन् ।

क्याम्म्पस पढ्न आउनी…, एकादशी बजारमा…, दाइ नभन्नु ल…, मैले जोवन मायालाई साचेको…, झिम्काइदेउ परेली…, दाबी देखिन्छ…, भुरुरु पुतली उड्यो..सहित अहिलेसम्म ४ सय बढी म्युजिक भिडियोमा उनले अभिनय कला प्रस्तुत गरिसकेकी छिन् ।

नारायणी कला मन्दिर चितवनबाट २०५४ मा नृत्यको औपचारिक प्रशिक्षण सहित यो क्षेत्रमा होमिएकी श्रेष्ठ सानैदेखि नृत्यमा अब्बल रहँदै आएकी छिन् । सानोमा बालबालीकाको नृत्य प्रतियोगीता ‘बेबी डान्स कम्पिडिसन’को प्रथम पुरस्कार हात पारेकी उनले चलचित्र ‘मालती’मा बालकलाकारको भुमिका पनि निर्बाह गरेकी थिइन् ।

देशको आधाभन्दा बढी जिल्ला सहित सिगापुर, हङ्कङ, कोरिया, टर्की, कतार, दुबई लगायत १४ मुलुकको स्टेज कार्यक्रम अनुभव लिएकी श्रेष्ठ आफुलाई नृत्यमा अझ पारंगत बनाउन ‘सृजना कलेज अफ फाइन आट्र्स’मा कथक, चरिया र लोक नृत्य बिषयमा स्नातक गर्दछिन् । उनले केही बिद्यालय तथा स्टुडियोमा नृत्य निर्देशकको जिम्बेवारी समेत सम्हालै आएकी छिन् ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आयोजना गरेको लोक दोहोरी अवार्ड २०७१मा ‘बेष्ट मोडल’को उपाधि हासिल गर्न सफल उनले राष्ट्रब्यपी नृत्य प्रतियोगीता ‘छमछमी सिजन वान’मा पनि फष्टरनरअफ पर्न सफल भएकी थिइन् । यो प्रतियोगीतामा करिब ६ हजार प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि चुमेकी हुन् ।

उनी नेपाल पुलिस क्लब साँस्कृतिक सहमुहकी कर्मचारी पनि हुन् । यहाँबाट उनले दर्शनौ कार्यक्रममा नृत्य प्रस्तुत गर्नुका साथै नृत्य निर्देशन समेत गरेकी छन् । कला क्षेत्रबाट नाम, दाम र सम्मान सबै पाएकी उनी बच्चाहरुको आइडलको रुपमा समेत परिचित छिन् ।

 

भिडियोमा सामान्य रुपमा देखिएका कतिपय कलाकार चलचित्रमा देखिन थालेका छन् । थुप्रै म्युजिक भिडियोकी हिट मोडल श्रेष्ठलाई के अहिलेसम्म चलचित्रको अफर नआएको हो त ? प्रश्न राख्न नपाउदै उनले उतर फर्काइन् ’थुपै आएका थिए । अहिले पनि आउँछन् ।

चित्त बुझ्दो रोल नभएर नगरेकी हुँ ।’ उनले थपिन् ‘राम्रो ब्यानरको र मनपर्ने कथा पाए चलचित्रमा अभिनय गर्न तयार छु ।’

देशब्यापी नृत्य प्रतियोगीता ‘प्युठानी तार सिजन ३’, मिस दाङ २०१६ लगायत केही प्रतियोगीतामा निर्णायकको अनुभव समेत हासिल गरेकी श्रेष्ठ अहिले ’इन्डियन सांगीतिक टुर’को तयारीमा छिन् । बैशाकमा आयोजना हुने यो टुरमा उनी दर्जन कलाकार सहित भारतको सिक्कीम, कालिपोङ, आसाम लगायतका करिब एक दर्जन स्थानमा बिभिन्न नेपाली कलासंस्कृती झल्कने कार्यक्रम सहित पुग्नेछिन् ।