प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्रीका लागि सँसदमा पाए विश्वासको मत


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० फागुन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत पाएका छ । उनले यो सहित तेस्रो पटक विश्वासको मत पाएका हुन् । प्रधानमन्त्री दाहालका लागि प्रस्ताव गरिएको आजको विश्वासको मनतमा दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत प्राप्त भएको छ ।

सुरुमा सँसदमा विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियामा लगिएको थियो । सभामुख देवराज घिमिरेले मत विभाजनको परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालद्धारा राखिएको विश्वासको मतसम्बन्धी प्रस्तावमा दाहालको पक्षमा १५७ मत प्राप्त भएको हो । त्यसपछि तत्काल कायम रहेको सँख्याबाट प्रधानमन्त्रीले बहुमत स्वरुप विश्वासको मत पाएको घोषणा सभामुख घिमिरेले गरेका थिए । सो क्रममा प्रतिनिधि सभा बैठकमा २६८ जना सांसद उपस्थित थिए भने ७ सांसद अनुपस्थित रहे । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि एक सय ३८ मत आवश्यक पर्छ ।

प्रधानमन्त्री दाहाललाई सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज पुनः विश्वासको मत हाँसिल गरेका हुन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल २०७९ साल पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए भने उनले त्यतिबेला पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए ।

राष्ट्रपति निर्वाचनका क्रममा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री दाहालले दोस्रोपटक २०७९ चैत ६ गते पुनः प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । यसपटक उनले तेश्रो पटक विश्वासको मत पाएका हुन् ।