सुरु भयो रणबीर, लगानी दुई करोड


काठमाडौं,७ फागुन
चलचित्र ‘रणबीर’को छायाँकन सोमरबाबाट काठमाडौंदेखि सुरु भएको छ । ७ फागुन प्रजातन्त्री दिवसको अबसर पारेर यसको छायाँकन सुरु गरिएको निर्माता दीपेन्द्र रेग्मीले जानकारी गराए । आईतबार राजधानीमा एक समारोह आयोजना गरेर रणबीरको निर्माण घोषणा गरिएको छ । काठमाडौं पछि यो चलचित्रको छायाँकन धनगढी, महेन्द्रनगर लगायतका स्थानमा गरिने पनि निर्माता रेग्मीले बताए । उनका अनुसार एउटा संघर्षशिल युवाको सफलताको कथामा रणबीर निर्माण गरिँदैछ ।


हाल प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गाजा बाजा’को निर्माण गरेकी गोमा बिष्ट थापाले दीपेन्द्र रेग्मीसँगको सहकार्यमा रणबीर निर्माण गर्न लागेकी हुन् । एउटा स्तरीय र राम्रो नेपाली चलचित्र निर्माण गर्ने सपना साकार तुल्याउन आफुले करिब दुई करोडको लगानीमा रणबीर निर्माण गर्न लागेको निर्माता बिष्टले व्युटी न्युज नेपाललाई बताईन् ।

हास्य, प्रेम, द्धन्द्धको समिश्रण रहने भनिएको यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्नेछन् । केही दक्षिण भारतीय सिनेमा र नेपाली सिनेमामा सहायक निर्देशक रहेका गोबिन्द रणबीरबाट निर्देशकमा उक्लिँदैछन् ।

यो चलचित्रमा सुशील सिटौला, मिस नेपाल इन्टरनेशनल–२०१२ सुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहारी, रवी गिरी, नरेश पौड्याल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंह लगायतको अभियन रहने छ ।

 

यो चलचित्रलाई महेश पौडेलले खिच्दैछन्। जसमा हर्कुलस बस्नेत, शुशान्त गौतम र अमित श्रेष्ठको संगीत, गम्भीर विष्ट र सुरेन बसेलको नृत्य निर्देशन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहने छ ।