दिलकृष्णको निर्देशनमा आशिकीको भिडियो तयार


ब्युटी न्युज नेपाल
काठमाडौं ५ फागुन

केही वर्ष यताबाट अमेरिकाको मेरिल्यान्डमा बस्दै आएका अभिनेता दिलकृष्ण श्रेष्ठले अमेरिकाबाटै आफ्नो निर्देशनमा नयाँ गीत आशिकी…को भिडियो तयार गरेका छन् । नेपालमा बस्दा आफुलाई सार्थक अभिनेताको रुपमा स्थापित गरेका उनले त्यहाँ भिडियो निर्देशनमा पनि हात हालेका हुन् । यसै क्रममा उनले आफुद्धारा निर्देशित गीति भिडियोको फस्ट लुक्सलाई सरस्वती पुजा एवम् प्रणय दिवसको अबसर पारेर सार्वजनिक गरेका छन् ।

यो गीतमा मुक्ता उदाशको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ । गीतलाई कमल रसाईली र भानु सिँगलाले गाएका हुन् । यो गीतको भिडियोलाई चाँडै रिलिज गरिने निर्देशक दिलकृष्णले जानकारी गराएका छन् ।हिरेन सिँगलाको प्रस्तुति रहेको यो भिडियोलाई म्यान ईन हलिउड र आरोही फिल्मस्ले तयार गरेको हो ।

आशिकी गीतको भिडियोमा अमेरिकामै बस्दै आएका अभिनेता प्रज्ज्वल गिरी र कलाकार राजश्री श्रेष्ठको अभिनय रहने छ । यो भिडियोको अबधारणा र कथा पनि दिलकृष्णकै हो ।

भिडियोमा पवन गौतमको डिओपी र पेमामान सिंह तामाङको छायाँकन, एलिस कार्कीको ब्याकग्रान्ड म्युजिक, सुजन बडालको स्वराँकन र मुकेश शाहको मिक्सिङ रहेका छ । जसलाई साहिल खानले सम्पादन र राजेन्द्र मोक्तानले रँग सँयोजन गरेका छन् । भिडियोमा सारदा श्रेष्ठको ड्रेस डिजाईन, रञ्जना श्रेष्ठको मेकओभर रहेको छ ।