भिडियोमा आयो गणेश थापा र सुवर्णको आँखा झुम्न लाग्यो


ब्युटी न्युज नेपाल
काठमाडौं ५ फागुन

अग्रज गायक गणेश थापाले आफ्नो स्वरमा नयाँ गीत आँखा झुम्न थाल्यो…को भिडियो दर्शकमाझ ल्याएका छन् । यसपटक उनले यो गीतको भिडियोलाई आफ्नो युट्युव च्यानल ‘गणेश थापा अफिसियल’बाट बिमोचन गरेका छन् ।

बिगत अढाई दशकदेखि अमेरिकामा रहेर नेपाली गीत संगीतको विकाशमा सक्रिय अग्रज गायक गणश थापाद्धारा स्वरवद्ध करिब एक दर्जन गीत बजारमा आईसकेका छन् । यसै क्रममा उनको यो नयाँ गीत आँखा झुम्न थाल्यो बजारमा आएको हो ।

निकै माधुर्य यो गीतको संगीत सुवर्ण कुमारले गरेका हुन् । सुवर्ण र गणेशको सहकार्यमा यस अघि पनि केही गीतहरु बजारमा आईसकेका छन् । गीतमा संगीत संयोजन पनि सुवर्ण कुमारकै रहेको छ । यो नयाँ गीतलाई सुदन लुर्इंटेलले लेखेका हुन् ।

यो गीतको भिडियोलाई गोदवरी उद्यानमा छायाँकन गरिएको हो । गीतमा एक युवा र एक युवती बीचको प्रारम्भिक प्रेमकथा उठाईएको छ । सोही प्रेमलाई गीतको भिडियोमा देखाईएको छ ।

बिजय भुर्तेलले निर्देशन तथा सम्पादन गरेको यो गीतको भिडियोमा सन्तोष तामाङको छायाँकन र समिर राईको संयोजन रहेको छ । भिडियोको निर्मातामा सबला थापा रहेकी छिन् । यो गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीले अभिनय गरेका छन् ।