टिजरमा यस्तो देखियो सुनकेसरी, ऋचाको भयँकर रुप


काठमाडौं । ५ फागुन
अभिनेत्री ऋचा शर्मा एक पटक भुतको अबसरमा दर्शकमाझ आउने भएकी छिन् । उनी आफैंले निर्माण गरेको चलचित्र ‘सुनकेसरी’ टिजर रिलिज गरेकी छिन् । सामाजिक सञ्जाल युट्युवमार्फत उनले टिजर रिलिज गरेकी हुन् ।


आफ्नो चलचित्र आगामी ११ जेठबाट प्रदर्शनमा ल्याउने उनले बताएकी छिन् । यो चलचित्रमा ऋचा शर्मा, अर्पण शर्मा, रबिन्द्र झा, सन्नी ढकाल, अस्ट्रेलियन कलाकार लौरेन लोफ्बेर्गलगायतको अभिनय छ ।
सुनकेसरीलाई अर्पण थापाले निर्देशन गरेका हुन् । फिल्मलाई ऋचा सहित मनोज अधिकारी, भीम न्यौपाने, शर्मीला सापकोटालगायतले निर्माण गरेका हुन् । चलचित्रको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा गरिएको हो ।