कान्छी शनिबार हाउसफूल


काठमाडौं, ५ फागुन
अभिनेत्री श्वेता खड्का निर्मित एवं अभिनित चलचित्र कान्छीले व्यबसायिक रुपमा राम्रो सफलता पाईरहेको छ । यो चलचित्रले शुक्रबार राजधानी र मोफसलका हलमा ८० प्रतिसत दर्शक पाएको थियो । शनिबार सबै जसो हलमा सत प्रतिसत दर्शक पाएर हाउसफुल भएको यसका निर्देशक आकाश अधिकारीले बताएका छन् ।


यो चलचित्रका कलाकार श्वेता खड्का, दयाहाङ राई, प्रज्वल सुजल गिरी लगायतले हलमा पुग्दा दर्शकको भिडको सामना गर्नु परेको छ । हलमा यती धेरै दर्शकको साथ र मायाँ पाउँदा अभिनेत्री श्वेताले खुसी व्यक्त गरेकी छिन् । शनिबार गोपिकृष्ण र अष्टनारायण हलमा पुगेर दयाहाङ, श्वेता, प्रज्वल र आकाशले दर्शकलाई सम्बोधन गरेका छन् ।
यी हलमा दर्शकले कान्छी र यी कलाकारसँग अटोग्राफ लिने, सेल्फी लिने, फोटो खिच्ने जस्ता काम गरे । कलाकारले भिडको सामना गर्दै आफ्ना प्रिय दर्शकलाई अटोग्राफ दिने र फोटो खिच्ने काम गरेका छन् ।
गोपिकृष्ण हल सञ्चालकका अनुसार शनिबार कान्छीले गोपिकृष्णको चार ओटा हल पाएको छ । वितरक गोपाल कायस्थले कान्छीको व्यापार बारे भने,‘कान्छीको यो ओपनिङ सुपरहिट फिल्मको बराबर हो । कान्छी हेर्न लामो समयसम्मदर्शक हलमा आउने हाम्रो विश्वास छ ।’
चलचित्रले सफलताले उत्साहित हुँदै अभिनेत्री एवँ निर्माता श्वेताले भनिन,‘मुलुकका करिब ७५ हलमा लागेको कान्छी हेर्न विशेषतःपारिवारिक दर्शकको संख्या बढी देखिएका छन् । कान्छीलाई सबैले माया गर्नु भएकाले सबैप्रति कृतज्ञ छु ।’
डेढ करोड माथि लगानी रहेको कान्छीले प्रदर्शन अगावै लगानी सुरक्षित गरेको पनि श्वेताले बताएकी छिन् । उनका अनुसार यसको अन्य निर्मातामा शैलेश खड्का र रविन खड्का रहेका छन् ।