रिलिज पूर्व सन्ध्यामा आयो कान्छीको नयाँ गीत


काठमाडौं । ४ फागुनबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुन लागेको चलचित्र कान्छीको प्रदर्शनी पूर्व सन्ध्यामा नयाँ गीत यो मन रमाउँदै…को भिडियो सार्वजनिक गरिएको छ ।
कान्छीको यो गीतको भिडियो बिहिबार सामाजिक सञ्जाल युट्युवबाट सार्वजनिक गरिएको हो । माधुर्य बनेको यो गीतलाई अञ्जु पन्त र युवराज चौंलागाईं गाएका हुन् । जसमा अर्जुन पोखरेलको संगीत रहेको छ । दिवाकर भट्टराईले लेखेको यो गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री श्वेता खड्काले अभिनय गरेका छन् ।


गीत निकै कर्णप्रिय बनेकाले फिल्म रिलिज अघि नै सार्वजनिक गरिएको अभिनेत्री श्वेताले बताएकी छिन् । कान्छीका अघिल्ला दुई गीत जस्तै यसले पनि दर्शकको मन जित्ने उनको विश्वास छ । यस अघि रिलिज गरिएको चरी चट्टपरी…गीतले एक करोड १४ लाख भिवर्स युट्युवमा पाईसकेको छ ।
आकाश अधिकारीले निर्देशन गरेको चलचित्र कान्छीमा दयाहाङ र श्वेतासँगै अनु शाह, नीर शाह, कामेश्वर चौरसिया, जयनन्द लामा, आशान्त शर्मा, भूमिका श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।
गीतको भिडियो यस्तो बनेको छ–