अनमोलको गजब स्टारडम, कृ दोस्रो साता पनि ८० ओटा हलमा,


 

काठमाडौं । ३ फागुन
प्राविधिक रुपमा उच्चता एवं युवा अभिनेता अनमोल केसीको स्टारडमले चलचित्र कृ मुनाफामा जाने भएको छ । यो सिनेमाले रिलिज भएको ६ दिन बुधबार सम्ममा मुलुकका १ सय १८ ओटा सिनेमा ५ करोड ४४ लाखको व्यापार गरेको हल रिपोर्ट बिहिबार सार्वजनिक गरिएको छ ।
कृले देशभरीका सिनेमा हलले गरेको व्यापारको विवरण सहित यो रिपोर्ट बिहिबार निर्माता सुवास गिरी र अभिनेता एवं निर्माता भुवन केसीले सार्वजनिक गरेका हुन् ।
‘कृले दोस्रो साता पनि सबै मल्टिप्लेक्स सहित ८० ओटा सिनेमा हल पाएको छ । कृले दोस्रो साता पर्व र सार्वजनिक सहित तीन ओटा बिदा पाएकाले पनि यसले दोस्रो साता पनि त्यत्तिकै राम्रो व्यापार गर्ने विश्वास हामीले गरेका छौं ।’ निर्माता सुवास गिरीले भने,‘कृ मा हाम्रो लगानी शुक्रबारसम्म उठ्ने छ । अब हामी शनिबारबाट मुनाफामा प्रवेश गर्नेछौं ।


पहिलो हप्ता सिनेमा हलमा आफ्नो व्यबसायिक बर्चश्व कायम गरेको चलचित्र कृले दोस्रो हप्ता पनि राम्रो व्यबसायिक स्थान पाउने भएको छ ।
चलचित्र कृले राम्रो व्यापार गरेकोमा अनमोलले खुसी व्यक्त गर्दै आभार प्रकट गरेका छन् । दर्शकले सिनेमालाई साथ दिएको भन्दै उनले दर्शकलाई धन्यबाद दिएका छन् । आगामी दिनमा अझ राम्रो काम गर्ने अनमोलले बताएका छन् ।
नवोदिन अभिनेत्री अदिती बुढाथोकीले बिहिबार पत्रकारहरुसँग कुरा गर्दै पहिलो फिल्म भए पनि सबैले मायाँ गरेकोमा आफु उत्साहित भएको बताईन् । सिनेमा सफल भएकोमा उनले पनि खुसी व्यक्त गरेका छन् ।
निर्माता भुवन केसीले मनोरञ्जनसँगै अहिलेसम्मकै प्राविधिक रुपमा उच्च स्तरको सिनेमा कृ बनेको र दर्शकको मन जितेको बताएका छन् । बलात्कार जस्तो जघन्य अपराधलाई काम गर्नको लागि यो विषय उठाएर कृ मार्फत सन्देश दिनपनि आफुहरु सफल भएको केसीले बताए । यो अपराधलाई कम गर्न सरकार पनि त्यत्तिकै जिम्मेवार हुनुपर्ने उनको कथन छ ।
निर्देशक सुरेन्द्र पौडेल पनि कृ को सफलता प्रति खुसी छन् । यो चलचित्रमा अनमोल र अदितीसँगै अनुप बिक्रम शाही, सरोज खनाल, कामेश्वर चौरसिया, रुपा राना, लक्ष्मी गिरी लगायतको अभिनय छ ।
यसै बीच चलचित्र कृ को गीत उकालीमा अघि अघि…लाई शुक्रबारबाट सामाजिक सञ्जाल मार्फत रिलिज गरिँदैछ । यो गीतलाई निर्माण पक्षले सिनेमामा मार्फत मात्र रिलिज गरेको थियो ।