भ्यालेन्टाईनमा बेबी आई लभ यु भन्दै केञ्जुमा


काठमाडौं । ३ फागुन
गायिक केञ्जुमा सुब्बा नेपाली संगीतबृत्तमा स्थापित कलाकार हुन् । उनले यस पटकको प्रणय दिवस (भ्यालेन्टाईन डे)को अबसर परेर आफ्ना स्रोता दर्शकलाई प्रेम भाव प्रकट गर्दै आई लभ यु… भनेकी छिन् ।
गायिका केञ्जुले सबैलाई भ्यालेन्टाईन डे को शुभकामना दिँदै आफ्नो नयाँ गीत बेबी आई लभ यु…मार्फत दर्शकलाई आई लभ यु भनेकी हुन् ।यो गीतलाई गीतकार एवं सञ्चारकर्मी डब्बु क्षत्रीले लेखेका हुन् । क्षत्रीले केही महिना अघि बजारमा ल्याएको गीतिसँग्रह गुलावी स्वरहरुमा यो गीत सँग्रहित छ । सोही गीत बेबी आई लभ यु…को भिडियो प्रणय दिवसको अबसर पारेर दर्शकलाई शुभकामना स्वरुप बल्ल बुधबार सार्वजनिक गरिएको हो ।


यो गीतलाई संगीतकार जुगल डँगोलले संगीत गरेका हुन् । गीतको संगीत संयोजक र रेकर्डिस्ट पनि जुगल आफैं हुन् । गीतलाई पुतलीसडकको आर्टोम्युज स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतको भिडियोमा गायिका केञ्जुमा आफैंले मोडलिङ गरेकी छिन् । उनको गायनसँगै अभियनले पनि अहिले प्रसँसा पाईरहेको छ । भिडियोलाई बिन्ध्यवासिनी म्युजिकले आफ्नो युट्युव च्यानल मार्फत बुधबार बेलुका सार्वजनिक गरेको हो ।
यो भिडियोलाई अशोक मल्लले सम्पादन र निर्देशन गरेका हुन् । यो भिडियोलाई रोशन श्रेष्ठले खिचेका हुन् ।

बिलक्षण क्रियसनद्धारा प्रस्तुत गरिएको यो गीतको भिडियो आफैंमा प्रेमिल बनेको छ । गीतले दर्शकलाई प्रगाढ प्रेमको भाव दिलाउँछ ।
गीतको भिडियोमा यस्तो छ ः