सौन्दर्य प्रेमीको मन जितेर अघि बढेकी व्युटिसियन अनिता


काठमाडौं । २ फागुन
बिगत २० वर्ष देखि व्युटिसियन पेशामा सम्लग्न अनिता खड्का रायमाझी नेपालका अग्रज व्युटिसिनयहरुमा पर्छिन ।
काठमाडौंको कलँकी मन्दिर स्थित ‘कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’की अध्यक्ष अनिताले सो पार्लर एवँ ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएको दुई दशक भयो ।
२० वर्ष अघि सोल्टी होलिडे इन क्राउन प्लाजा (सोल्टी होटल)बाट व्युटिसियन सम्बन्धि प्रशिक्षण लिएर उनले यो पेशा सुरु गरेकी हुन् ।
अनिताको सम्झनामा २० वर्ष अघि नेपालमा त्यत्ति धेरै व्युटिसियन थिएनन् । त्यसैले आफुले एसएलसी दिएपछि फुर्सदको समय सदुपयोग गर्दै व्युटिसियन प्रशिक्षण लिएको उनले बताईन् ।


यसपछि आफ्नो सिपलाई निखार्न अनिताले व्युटिसियन सम्बन्धि विभिन्न कोर्स भारतको दिल्ली, मुम्बईबाट पुरा गरिन् । त्यहाँबाट व्युटिसियन सम्बन्धि एड्भान्स कोर्स गरेपछि यसलाई व्यबसायिक रुपमा सुरु गरेको उनले बताईन् ।
कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कलँकीकै सबै भन्दा पुरानो र उत्कृष्ट सेवा दिने पार्लरहरुमा पर्छ । उनले व्युटिकेयर, स्किन केयरसँगै व्युटिसियन सम्बन्धि आधुनिक सेवा दिँदै आएकी छिन् । आफुले अझ ब्राईडल मेकअपलाई विशेष फोकस गर्दै आएको पनि अनिता खड्का रायमाझीले बताईन् ।


कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले व्युटिसियन सम्बन्धि ट्रेनिङ दिन थालेको १५ वर्ष भन्दा बढी भएको छ । उनले आफ्नो कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा वार्षिक बेसिक देखि डिप्लोमासम्म कम्तिमा दुई सय जनालाई प्रशिक्षण दिने गर्दछन् । यसरी यो १५ वर्षमा करिब तीन हजार व्युटिसियन जन्माई सकेकी अनिता सौन्दर्य कला क्षेत्रमा ती तीन हजार व्युटिसियनको गुरुआमा मानिन्छिन् ।


नेपालमा मात्र नभएर बिदेशमा गई अत्म निर्भर हुन चाहने महिलाहरुका लागि बिशेष कोर्ष आफुले कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा गर्दै आएको पनि उनले बताईन् । स्पेशल कोर्षको रुपमा छोटो समयमा धेरैकुरा सिकाईने हुँदा कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा बिदेश जान चानेहरुले पनि त्यत्तिकै सिप सिक्ने गरेको उनले बताईन् । बिदेश जान चाहनेहरुका लागि मेहन्दी कोर्ष, नेल आर्ट, सेल्फ मेकअप तथा गु्रमिङसँगै स्पेशल मेकअप, स्पेशल हेयरको प्रशिक्षण सेवा पनि आफुले दिने गरेको उनले जानकारी गराईन् ।
कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर केही वर्ष यताबाट सि.टि.इ.भि.टी.सँग सम्बन्धन प्राप्त हुनुका साथै यस संस्था अन्तर्गत हुने व्युटिसियन तालिम तह १ र तह २ लागि आबस्यक प्रशिक्षण दिईन्छ । प्रशिक्षण सम्पन्न भएपछि प्रमाणपत्रको लागि सि.टि.ई. भि. टी. परीक्षाको व्यबस्थापन समेत गर्ने गरेको पनि बरिष्ट व्युटिसियन अनिता खड्का रायमाझीले बताईन् ।
आफु यो पेशामा लाग्दा सुरुका दिनमा परिवारबाट पुरा सहयोग पाएसँगै आत्म विश्वास बढेकाले यो सफलता हाँसिल गर्न सकेको उनले बताईन् । व्युटिसियन पेशाबाट अरुलाई सुन्दर बनाउन पाउँदा आफु आफुलाई पनि आनन्द आउने भएकाले पनि यो पेशा मन परेको अनिताको भनाई छ ।


व्युटिसियन हुँदा नयाँ नयाँ मानिसहरुकासँग भेटघाट हुने, नयाँ कुरा सिक्न पाउने भएकाले यो पेशा सँधै रमाईलो लाग्ने गरेका पनि उनले बताईन् । यो पेशमा लागेपछि काममा कहिल्यै अल्छि नलागेको अनुभव अनिताको छ ।
व्युटिसियन पेशामा कमाई पनि त्यत्तिकै राम्रो हुने गरेको पनि अनिताले बताईन् । यही पेशाले परिवार राम्रोसँग चलेको पनि उनले बताईन् । व्युटिसियन पेशामा बेला बेलामा नयाँ प्रविधि आउने भएकाले त्यस बारे जानकारी लिनुका साथै देश बिदेश घुम्ने पनि गरेको उनले बताईन् । नेपालका धेरै जसो जिल्लामा पुगेर व्युटिसियन तालिम दिएकी अनिताले भारत, थाइल्याण्ड, कोरिया लगायतका मुलक भ्रमणका सँगै त्यहाँबाट पनि सम्बन्धि आधुनिक सिप सिकेकी छिन् ।
अहिलेसम्म आफ्नो सबै कष्टमरबाट कामको प्रसँसा पाएकी उनी धेरै भन्दा धेरैको सुन्दरता निखार्न चाहन्छिन् । सम्पूर्ण सेवाको लागि कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर हमेशा सौन्दर्य प्रेमीहरुको सेवामा समर्पित रहेको उनले अन्त्यमा बताईन् ।