पसिनामा महिला मजदुरको पक्षमा अनु


काठमाडौं । अभिनेत्री अनु शाहको पछिल्लो समय राम्रा सिनेमा छैनन् । मुख्य देखि सहायक भूमिकामा समेत अभिनय गरेर आफुलाई व्यस्त राख्न थालेकी यी अभिनेत्रीले महिला मजदुरको अधिकारको वकालत गर्दै नयाँ चलचित्र पसिनामा अभिनय गरेकी छिन् ।
‘यो विशेष गरेर महिला मजदुरको हक अधिकारका आबाज उठाएको सिनेमा भएकाले मलाई कथा मन प¥यो । त्यसैले यसमा काम गरेकी हुँ ।’ मँगलबार राजधानीमा यो चलचित्रको एउटा गीत र ट्रेरल रिलिजका क्रममा यी अभिनेत्रीले भनिन् ।
यो फिल्मलाई आगामी १४ बैशाखबाट देशव्यापी रिलिज गरिने घोषणा सो कार्यक्रममा गरियो । चलचित्रलाई आर.बी.खत्री ‘शरद’ले निर्देशन गरेका हुन् । सोही कार्यक्रममा गीत हावा चल्यो सिरिरि…को भिडियोमा प्रदर्शन गरियो । जसमा अनु शाह र गौरव पहारीले अभिनय रहेको छ । नारद रिजालको शब्द रहेको यो गीतमा राजनराज सिवाकोटीको सङ्गीत र स्वर छ । तर कार्यक्रममा यसका अभिनेता गौरब उपस्थित भएनन् ।

सो समारोहबीच चलचित्र पसिनाको ट्रेलर पनि रिलिज गरियो । ट्रेलरमा गौरव र अनुले इट्टा भट्टा पुगेर मजदुरको अधिकारका पक्षमा आबाज उठाईएको देखाईएको छ । उनीहरुको सँघर्ष पनि ट्रेलरमा देख्न पाईन्छ ।
फिल्मलाई निर्माता शान्ता ढाकाल र संजय महतोले निर्माण गरेका हुन् । यसमा गौरब र अनुसँगै सरोज खनाल, सुरजनी केसी, सरोज अर्याल, रबि गिरी, ध्रुब कोइराला, जयनन्द लामा, सरिता राजउपाध्य, सृजना अधिकारी, शिव शंकर रिजाल, शारदा गिरी सहितको अभिनय छ ।
पसिनमा शिव बिकको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन र राम केसीको छायाँकन रहेको छ । राजनराज शिवाकोटी, थिराज राई र दीपक शर्माको सङ्गीत रहेको यो चलचित्रलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=gzH8ElkL1rA