रुचाइँदै पञ्चेबाजाको बियोगान्त गीत


काठमाडौं । २९ माघ
आगामी ११ फागुनबाट प्रदर्शनीको तयारीमा रहेको चलचित्र ‘पञ्चेबाजा’ को नयाँ गीत ‘म केही बोलुँ…’ को भिडियो रिलिज गरिएको छ । बियोगान्त भावको गीत म केही बोलुँ…मा कालिप्रसाद बाँस्कोटाले संगीत गरेका हुन् । जसमा राहुल विश्वासको स्वर तथा सविन एकतारेको शब्द रहेको छ । गीत मिठो बनेको छ । दर्शकले गीतलाई रुचाएको यसको बढ्दो भिवर्सले प्रस्ट्याएको छ ।
यो बिरह गीतमा अभिनेता सौगात मल्ल, कर्मा शाक्य र अभिनेत्री जस्मिन श्रेष्ठको प्रेमपीडालाई प्रस्तुत गरिएको छ । ‘पञ्चेबाजा’ मा राजेश शाहीको लगानी छ । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको यो फिल्मले एक गाउँका तीन पात्रको कथा समेटिएको निर्माता राजेशको भनाई छ ।
सारा गुरुङ सह निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।
घनश्याम लामिछाने निर्देशन गरेको यो चलचित्रमा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।

यो गीतको भिडियो यस्तो छ –