नृत्य प्रतियोगितामा कौसल मावि प्रथम


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ भदौ

नृत्य निर्देशक संघ नेपाल, तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रथम स्कुलस्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

उपत्यकाको २० स्कुलले भाग लिएको प्रतियोगितामा कौसल माध्यामिक बिद्यालय प्रथम, नवोदित विद्याकुञ्ज र शुभकामना स्कुल दोस्रो, त्रिलोक चिल्डेन एकेडेमी र स्प्रिङभ्याली स्कुल तृतीय भएका छन् ।

बागमती प्रदेशका प्रदेश सभासदस्य इञ्जिनियर अमन मास्केको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा संस्थाका अध्यक्ष टेकबहादुर लामा सभापति थिए । कार्यक्रममा संस्थाका सचिव रवि कार्कीले स्वागत मन्तव राख्नुभएको थियो । कार्यक्रममा नृत्य निर्देशक संघ केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, नृत्य निर्देशक संघ तार्केश्वर नगर कमिटी सल्लाकार एवं वरिष्ठ कलाकार उत्तम केसी, हिम रश्मि स्कुलका प्राध्यापक लोकेन्द्रबहादुर खड्का विशेष अतिथि रहनुभएको थियो ।