कृका दर्शकलाई शत्रु गतेको टिजर


काठमाडौं । २९ माघ
आगामी ९ चैतबाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र ‘शत्रु गते’ले आफ्नो टिजर दर्शकमाझ ल्याएको छ । टिजरलाई हलमा शुक्रबारबाट रिलिज गरेपछि चलचित्र कृ हेरेका दर्शकले शत्रु गतेको टिजर हेर्ने अबसर पाएका छन् ।
टिजरलाई हलमा मात्र रिलिज गरेको यसका प्रस्तुतकर्ता किरण केसीले बताएका छन् । शत्रु गतेको गीत रुपै मोहनी…ले यतीबेला सामाजिक सञ्जाल युट्युमा ८६ लाख भिवर्स पाएको छ । अर्को गीत पिरतीको बर्कोले पनि बिस्तारै चर्चा पाउँदै गर्दा निर्माण पक्षले टिजरलाई हलमा मात्र रिलिज गरेको हो ।


‘जात्रा’ मार्फत दर्शकको मन जितेका निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भएको शत्रु गतेमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, दीपक राज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बसुन्धरा भुसाल, रमेशरञ्जन झालगायतको अभिनय रहेको छ ।
मह सञ्चारको ब्यनारमा निर्माण गरिएको यो चलचित्रमा हरिवंश आचार्यको कथा, निर्देशक प्रदीप एवं दीपकराज गिरीको पटकथा छ । जसमा निर्देशक स्वएँ र कथाकार हरिवंश आचार्यले सँयुक्त सम्बाद लेखेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् ।