यस्तो देखियो दर्शक क्रेज, अनमोलसँगै फ्यानले गाए राष्ट्रगान


काठमाडौं । २७ माघ
शनिबार दिउँसो काठमाडौंको गोपिकृष्ण हलमा पुगेका अभिनेता अनमोल केसीलाई सुरक्षा दिन प्रहरी मात्र हैन, उनका नीजि अँगरक्षकलाई पनि हम्मे हम्मे प¥यो । त्यहाँ उर्लेका दर्शकको भीडबाट उनलाई जोगाउन गाह्रो परेको हो ।
अनमोललाई एक पटक छुनको लागि मात्र युवतहरुबीच रुवाबासी भएको थियो,‘आई लभ यु अनमोल’ भन्दै युवतीहरु चिच्याएर रुँदा अनमोल स्वयँ छक्क परेका थिए ।
गोपिकृष्ण हलको प्राँगनमा गाडी भित्र रहेका अनमोललाई गाडीको ढोका खोल्न नमिल्ने गरी प्रसँसकले थिचेका थिए । आफु चढेको गाडीमै प्रसँसक चढेपछि अनमोल बाहिर निस्किए । उनले केही प्रसँसकसँग हात मिलाए । केहीलाई अटोग्राफ दिए । अनि भिडमा पेलिँदै हलको बालकोनीमा गए । प्राँगनमा रहेका दर्शकलाई अभिवादन सहित सम्बोधन गर्दै अनमोलले भने,‘ कृ हेरेर मन पराईदिनु भएकोमा धन्यबाद । आउनुहोस् हामी सबै मिलेर राष्ट्रियताको बिषयमा ऐक्यवद्धता जनाउ ।’
आफू र नेपाली चलचित्रलाई माया गरिदिएको भन्दै अनमोलले सबै फ्यानलाई धन्यवाद दिए । उनले, आफ्नो कामका कारण दर्शकले आफूलाई यति धेरै माया गरेको हुनसक्ने बताए ।


अनमोलले जब दर्शकलाई ईसारा गर्दै राष्ट्रिय गान गाए । गोपिकृष्णको प्रसँगनमा रहेका सबै दर्शकले उनीसँग राष्ट्रगान गाए । अनमोलसँगै यो चलचित्रकी अभिनेत्री अदिती बुढाथोकी पनि हलमा पुगेकी थिईन् । उनले पनि आफ्नो सिनेमा रुचाई दिएकोमा दर्शकलाई धन्यबाद ज्ञापन गरिन् ।
गोपिकृष्ण हलबाट काठमाडौकै बालाजु स्थित अष्टनारायण हलमा पुग्दा उनको प्रसँसकको भीड पनि त्यस्तै देखियो । अनमोलले कृको मध्यान्तरमा अष्टनारायण हल भित्रै पसेर दर्शकलाई अभिवादन सहित धन्यबाद ज्ञापन गरे । यसरी अनमोल एक्कासी हलमा पुग्दा दर्शक ‘अनमोल अनमोल’ भनेर चिच्याए । त्यहाँ पनि युवतीहरु आई लभ यु अनमोल भन्न पछि परेनन् ।
सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र कृलाई सुवास गिरी र नायक भूवन केसीले निर्माण गरेका हुन् । चलचित्रले शनिबार देशभरी नै शत प्रतिशत व्यापार गरेको यसका वितरक समेत रहेका सुवास गिरीले शनिबार बेलुका व्युटी न्युज नेपाललाई बताए ।